अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१४ | Colorodo: 21:29

आँखा फूटेका बालकद्धारा उपचारका लागि सहयोगको याचना

बिआरटीनेपाल २०७४ माघ २१ गते २:०३ मा प्रकाशित

आफ्नो आँखाको उपचारका लागि सहयोग गरीदिन बुद्ध रोकाले आग्रह गरेका छन् । प्युवान जिल्ला नौबहिनी गाऊँपालिका वडा नं ४ झरिबाङ्ग निबासी बर्ष ११ का रोकाले आफ्नो आँखाका कारण सकस भएपछि उपचारका लागि यस्तो आग्रह गरेका हुन् ।

समाजसेवी पृथा बि.सि.को अगुवाईमा पिडित बालक रोकाको उपचारका लागि फेसबुक अभियान संचालन गरेका छन् । दुई बर्ष अघि असाबधानिका कारण फूटेको आाखाको उपचारकालागि धामी झाँक्रिको भर पर्दा बालकको आँखा बिग्रिएको हो ।

घरको आर्थीक अवस्था अत्यन्त नाजुक भएका कारण निज बालकको उपचारहुन नसकेको बताइएको छ । रोका लाई सहयोग गर्न डिटेन इन्टरटेन्मेन्ट प्रा.लि. र वि आर वान ग्रुप प्युवान बाट रु.५ हजार सहयोग को समेत घोषणा गरिएको प्रा.लिका अध्यक्ष बिष्णुकुमार देवकोटाले बताए ।

बालकको उपचारका लागि पृथ 9809535981/ जितेन्द्र 9808619913  लाई फोन संपर्क गर्नका लागि हार्दिक अनुरोध गरीएको छ । हाल बालकको अवस्था एकदमै नाजुक रहेको छ । उनको फूटेको देब्रे अाँखा बाट अबिरल पीप बग्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू