अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 18:01

राजन ठकुरी र मुना थापा मगरको प्रस्तुती संगै बाल्टिमोरमा माघेसंक्रान्ती पर्ब मनाईंदै

खेम भट्टचन - वाशिंगटन डिसी २०७४ माघ २० गते ४:३४ मा प्रकाशित

अमेरिकामा हुने गर्ने सांस्कृतिक कार्यक्रमहरु मध्ये नेपाली लोक संगीतको सबैभन्दा आकर्षक कार्यक्रम माघे संक्रान्ती पर्बको रम् झम् यही फेब्रअरी ३ तारिख शनिबार साँझ बाल्टिमोर शहरमा हुने भएको छ।

अमेरिकामा भएका नेपालीहरुलाई नेपालको ठेट लोक भाकामा मनोरंजन दिलाऊनको लागी नेपालका रास्ट्रिय स्तरका दोहोरी गायिका मुना थापा मगर र दोहोरी गायक राजन ठकुरी नेपाल देखि नै अमेरिका आईसकेको पूर्ब बेलायती सेनाका क्याप्टेन दल बहादुर रोकाले BRTnepal लाई बताए ।

पन्चे बाजामा नाच्दै खाजा नास्ता स्न्याक्स, पे बार र  रात्री भोजका साथमा  नेपाल देखि आएका रास्ट्रिय कलाकारहरु साथै अमेरिकामै भएका चर्चित दोहोरी गायक गायीकाहरु
डोलमाया गुरूंग थापा,सृजना बिरही थापा  मंजु पुन, अमृत राम्दाम संग बाल्टिमोरमा दोहोरीमा घम्साघम्सी हुने भएको छ।

सिरफुल सालैजो भाकाको ठेट कौडा नृत्य लगायत लोक गित तथा लोक नृत्यहरुको एक छुट्टै खालको बहुतै आकर्षक सांस्कृतिक कार्यक्रम हुने ठेगाना यस प्रकार छ

Date : 3 February 2018, Saturday
Time : 6.00 PM to 12.00 Mid-Night

Address :
8735 HONEGYO Blvd.
PERRY HALL,
MD 21128

For contact : 703-622-6844 , 443-760-2701

 
प्रतिक्रिया