अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२३ | Colorodo: 01:38

‘शेरबहादुर’को शुक्रवार ४५ प्रतिशत अकुपेन्सि

बिआरटीनेपाल २०७४ माघ २० गते १:०० मा प्रकाशित

हलिउड फिल्म डन्ट ब्रेथबाट प्रभावित फिल्म शेरबहादुर शुक्रवारबाट रिलिजमा आएको हो । देशभरी ६ दर्जन भन्दा बढि हलमा लागेको शेरबहादुरले शुक्रवार देशभरी ४५ प्रतिशत अकुपेन्सि कायम गरेको फिल्मका आधिकारी वितरक गोपाल काजी कायस्थले बताएका छन् ।

हामीले आधाकारिक मात्र रिपोर्टको माग गरेपछि अब पहिलेको जस्तै जथाभावी रिपोर्ट दिन नमिल्ने भएकोले आधिकारीक नै दिएको वितरकको भनाई छ । राजधानीका सिंगल थिएटरमा पनि फिल्म राम्रो भएको वितरकले जनाएको छ । राजधानी बाहिरका अधिकांश हलहरुमा विहानको शो भने हुन सकेन । तर तयो फिल्मको कारणले नभई चिसोको कारणले भएको हलवालाहरुले जानकारी गराईएको छ ।

शुक्रवार काठमाडौं लगायतका मल्टिप्लेक्सहरुमा पनि फिल्म औसत रुपमा रहेको छ । देशैभरी जति दर्शकले फिल्म हेरेका छन् । कसैले पनि फिल्म नराम्रो भनेका छैनन् –वितरक गोपालकाजीले भने । शनिवार शुक्रवारको दोब्बर हुने निश्चित रहेको गापालकाजीको दावी छ ।

गौरी शंकर​ धुजु र​ धिर​ज​ राज​बंशीको निर्माण​ र​हेको फिल्म​ शेर​ब​हादुरलाई आर राजवंशीले निर्देशन गरेका हुन् । स​स्पेन​ थ्रिल​र​ ज​न​रामा निर्माण​ भ​एको शेर​ब​हादुर​मा अव​काश​ प्राप्त​ एक आर्मीको कथा स​मेटिएको छ ​। शेर​ब​हादुर​मा सुनिल​ थापा, कर्मा, मेनुका प्र​धान​ र​ र​बिन्द्र​ झा को मुख्य​ भुमिका र​हेको छ ​।

प्रतिक्रिया