अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

ट्रम्प प्रशासन नेपालको वाम गठबन्धन नेतृत्वमा बन्ने नयाँ सरकारसंग काम गर्न इच्छुक

बिआरटीनेपाल २०७४ माघ २० गते ३:२३ मा प्रकाशित

एक वरिष्ठ अमेरिकी अधिकारी एलिस जी. वेल्सले ट्रम्प प्रशासन नेपालमा वाम गठबन्धनको नेतृत्वमा बन्ने अपेक्षा गरिएको नयाँ सरकारसंग काम गर्न इच्छुक रहेको बताएकी छन्।

बीबीसी नेपाली सेवासंग लण्डनमा विशेष कुराकानी गर्दै दक्षिण तथा मध्य एसिया मामिला हेर्ने संयुक्त राज्य अमेरिकाकी प्रमुख उपसहायक विदेश मन्त्री एलिस जी. वेल्सले अमेरिका, उनकै शब्दमा, नेपाली जनताको इच्छालाई प्रतिनिधित्व गर्ने एउटा वैधानिक सरकारसंग काम गर्न इच्छुक रहेको बताइन्।

http://<iframe width=”400″ height=”500″ frameborder=”0″ src=”http://www.bbc.com/nepali/news-42920586/embed”></iframe>

“हामीले यो चुनावलाई संयुक्त राज्य अमेरिका विरुद्धको जनमत संग्रहको रुपमा हेरेका छैनौं। सरकार बन्यो भने हामी उसंग काम गर्न इच्छुक छौं र हाम्रो संबन्ध हाम्रा साझा हितहरु तथा हाम्रा जनताका साझा मान्यताहरुको आधारमा अघि बढनेछ,” उनले भनिन्।

अमेरिकाद्वारा नेपाललाई रु ५१ अर्ब अनुदान

विद्युत प्रसारण लाइन निर्माण अगाडि बढ्ने

महत्व

के नेपाल अमेरिकाको प्राथमिकतामा पर्दछ? भन्ने एक प्रश्नको जवाफमा श्रीमती वेल्सले नेपालसंगको संबन्धलाई अमेरिकाले निकै महत्व दिएको बताइन्।

उनले भनिन्, “प्रजातान्त्रिक मार्गमा हिंडने सवालमा नेपाल अन्य मुलुकहरुका लागि एक उदाहरण हो र हामी नयाँ बन्ने सरकारसंग काम गर्न इच्छुक छौं।”

उनले गत वर्ष अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन मार्फत नेपाललाई दिएको ५० करोड डलर बराबरको सहायता त्यसको उदाहरण भएको बताइन्।

उक्त रकम नेपालमा सडक मर्मत तथा विद्युत प्रसारण लाइन बनाउने लगायतका काममा खर्च गरिने अधिकारीहरु बताउँछन्।

छलफल

श्रीमती वेल्सले दुई मुलुकका सेनाहरुबीच सहयोग बढाउने उपायबारे पनि छलफल भैरहेको बताइन्।

“हाम्रो प्यासिफिक कमाण्डले नेपालको भूकम्प पछि मानवीय सहायता पुराउनमा, प्राकृतिक प्रकोपसंग जुध्ने मामिलामा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। त्यसैले हाम्रा दुई सेनाहरुबीच अरु बढी समन्वय तथा सहयोग बढाउने पनि हाम्रालागि एउटा प्राथमिकता हो,” उनले भनिन्।

हाल अमेरिकामा बसोबास गरिरहेका १४,००० भन्दा बढी नेपालीहरुको ‘टेम्पररी प्रोटेक्टेड स्टाटसु वा ‘टिपिएस’ भनिने अनुमति अब केही महिनाभित्रै सकिन लागेको भन्ने प्रश्नमा श्रीमती वेल्सले, उनकै शब्दमा, यसबारे एकदमै निष्पक्ष र तथ्यमा आधारित पुनरावलोकन हुने बताइन्।

उनले भनिन्, “भर्खरै मैले अमेरिकास्थित तपाईंहरुका कुशल राजदूत (डा. अर्जुन कार्की) संग कुरा गरें। उहाँले पनि यो विषय मसंग उठाउनु भएको थियो। यो विषयबारे डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले हेरिरहेको छ।”

टेम्पररी प्रोटेक्टेड स्टाटस

उनले अगाडि भनिन्, “हामीले कुनै मुलुकले आफ्ना जनतालाई पर्याप्त संरक्षण दिन सकिरहेको छैन भन्ने निधो गर्यौं भने त्यहाँका जनतालाई ‘टेम्पररी प्रोटेक्टेड स्टाटस’ दिन्छौं जसबाट कि उनीहरु अस्थायीरुपमा अमेरिकामा बस्न सकुन्। यो एउटा अस्थायी उपाय हो र पुनरावलोकन प्रकृया नेपाल आफ्ना नागरिकहरुलाई फिर्ता लिन सक्षम छ कि छैन भन्ने कुरामा केन्द्रित रहने छ।”

यसअघि नेपालमा झण्डै अढाइ वर्ष अघि विध्वंशकारी भूकम्प गएपछि तत्कालिन ओबामा प्रशासनले नेपाल लगायतका मुलुकका नागरिकहरुलाई ‘टेम्पररी प्रोटेक्टेड स्टाटस’ दिइने घोषणा गरेको थियो।

भ्रमण

सन् २००२ मा तत्कालिन अमेरिकी विदेश मन्त्री कोलिन पावेलले नेपालको भ्रमण गरेयता कुनै पनि वरिष्ठ अमेरिकी अधिकारीले नेपालको भ्रमण गरेका छैनन् नि? भन्ने प्रश्नको जवाफमा श्रीमती वेल्सले निकट भविष्यमा त्यस्तो संभावना रहेको संकेत दिइन्।

“यसबारे मैले ‘होमवर्क’ (गृहकार्य) गरिरहेकी छु,” उनले भनिन्।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू