अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४२ | Colorodo: 15:57

‘पिरतीको बर्को’ गीत चर्चा

प्रमोद अमात्य २०७४ माघ १९ गते १७:४३ मा प्रकाशित

ओढाउला पिरतीको बर्को तिमीलाई
मेरै नामको सिन्दूरको धर्को तिमीलाई…

शब्द- अर्जुन भट्टराई
सङ्गीत/स्वर- काली प्रसाद बास्कोटा
चलचित्र- शत्रु गते

‘पिरतीको बर्को’ सिने गीत जनवरी ३१, २०१८ का दिन एक कार्यक्रमका बीचसार्वजनिक भएको छ । मह सञ्चारको ब्यानरमा किरण केसीको ‘शत्रु गते’ सिनेमाको यो दोस्रो गीत हो । यो भन्दा पहिले यस सिनेमाको ‘रूपै मोहनी ‘ गीत दर्शक र श्रोताहरूले मन पराई सकेका छन् । मदनकृष्ण, हरिबंश लगायतअन्य चर्चित कलाकारहरू र चर्चित युवा जोडी पल शाह र आँचल शर्माअभिनीत यो सिनेमालाई ‘जात्रा’ बाट लोकप्रिय भएका प्रदीप भट्टराईलेनिर्देशन गरेका छन् ।

‘पिरतीको बर्को’ गीतले एक किसिमको विशेष स्वाद पस्कन्छ- नेपाली स्वाद। एक मौलिक, अलिकति पुरानो सङ्गीतको महक, अनि नयाँ नौलो स्वादमिसिएको लय । सुन्दा ‘ठमेल बजार’ जस्तै जस्तै शैली । काली प्रसादबासकोटाको सिर्जना भनेर चिनिने प्रस्ट चिनिने सङ्गीत । अर्जुन भट्टराईलेकालीलाई नै लक्षित गरेर लेखेको जस्तो बोल- शब्दहरू । गाउँघरका, टोलछिमेकका बोलीहरू । मौलिक जनमानसका शब्दहरू ।

बोलमा फूलबुट्टेcसाहित्यिक शब्दहरू नभएर बोलीचालीका शब्दहरूको प्रयोग प्रशंसनीय छ ।बर्को, धर्को, लर्को, झर्को जस्ता सरल मिठा शब्दहरूको संयोजन राम्ररीभएको छ । त्यस्तै सङ्गीत संयोजन पनि जटिल नभएको कारण कर्णप्रिय, सुमधुर सुनिएको छ । विशेष गरेर शुरुवाती धुन अति सुहाउँदो भएको छ ।आफ्नो सङ्गीतलाई कालीले आफ्नै स्वरले न्याय गरेका छन् ।

गीतको भावमा वा शब्दहरूमा धेरै उतार चढाव नभएर होला गीत सुरु देखिअन्तसम्म एउटै एकोहोरा लयमा छ कि जस्तो भान हुन्छ तर मीठो सुनिएको छ। यो गीतको अर्को विशेषता भनेको गीतले पुरै चलचित्रको मुड दर्साएको छकि जस्तो लाग्छ । गीतको छायाङ्कन र कोरियोग्राफी हेर्दा गीत जस्तै सिनेमापनि हँसिलो रसिलो हुनुपर्छ भन्ने सहज अनुमान लगाउन सकिन्छ । सिनेमासँग गीतको लय कत्तिको मिलेको छ त्यो हेर्न भने २०७४ चैत्र ९ गते नैकुर्नुपर्ने हुन्छ ।

जे होस् कालीको सङ्गीत र स्वर अनि अर्जुन भट्टराईको बोललाई प्रवीनशिंहको कोरियोग्राफी तथा पल शाह, आँचल शर्माको जोडीले सुनमा सुगन्ध थपेको छ । ओएसआर डिजिटलले युट्युबमा ल्याएको यो गीतले यससिनेमाको पहिलो गीतले झैँ अपार सफलता पाओस् यही कामना गरौँ ।

सम्बन्धित सामग्रीहरू