अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 00:46

लस एन्जेलस मिडिल स्कुलमा १२ वर्षीय बालिकाले गरेको गोली प्रहारबाट चार विद्यार्थी र एक वयस्क घाइते

लापरबाहीले गोली चल्यो: एलएपिडी

बिआरटीनेपाल २०७४ माघ १९ गते १७:२९ मा प्रकाशित

लस एन्ज एन्जेलस मिडिल स्कुलमा भएको गोली काण्ड ‘नियतवश’ नभएको आफ्नो विश्वास रहेको प्रहरीले जनाएको छ । प्रहरीले बिहीबार भएको उक्त गोलीकाण्डको कारण जान्न चाहेको पनि जनाएको छ । गोली प्रहारबाट चार विद्यार्थी र एक वयस्क घाइते भएका थिए ।

प्रहरीका अनुसार लस एन्जेलस काउन्टी सेन्ट्रल जुभिनाइल हलमा राखिएकी एक १२ वर्षीय बालिकाले अर्ध स्वचालित बन्दुक लापरबाही गरी चलाएकी थिइन । बन्दुक प्रहरीले कब्जामा लिएको लस एन्जेलस प्रहरी लिउट्नेन्ट क्रिस रामरेजले बताए । तर, प्रहरीले गोली चलाउनुको कारण खोलेका छैनन् । वेस्टलेक डिस्ट्रिकस्थित सल क्यास्ट्रो मिडिल स्कुलमा उक्त गोली काण्ड भएको थियो ।

‘लापरबाही’ को थुप्रै अर्थ लाग्ने रामरेजको भनाइ छ । यसले खास गरी ‘मिसह्याण्डेलिङ’ भन्ने बुझिने उनी बताउँछन् । ‘अनुसन्धान तीव्र गतिमा अघि बढिरहेको छ,’ एलएपिडीको विज्ञप्तिमा उल्लेख छ, ‘यति बेला उपलब्ध सूचनाले लापरबाही गर्दा बन्दुक चलेको र निर्दोष बालबालिका तथा स्टाफ दुर्भाग्यवश घाइते भएको सङ्केत गर्छ ।’ 

बन्दुक चलाउने बालिका हिरासतमा छिन् । उनी र अन्य साक्षीसँग बयान लिइसकेको प्रहरीको भनाइ छ ।

गोली बिहीबार बिहान ८ः५५ मा कक्षा कोठामै चलेको थियो । त्यसबाट एक १५ वर्षीय बालकको टाउकोमा गोली लागेको छ । तर, उनी पूर्ण रूपमा निको हुने अपेक्षा गरिएको छ ।

अर्की १५ वर्षीया बालिकालाई नारीमा गोली लागेको थियो । उनी उपचाररत छिन् । गोली लाग्ने अन्य २ जनामध्ये एक ११ र अर्का १२ वर्षका छन् । उपचारपछि उनीहरू घर फर्किसकेका छन् । एक ३० वर्षीया महिलालाई भने गोली प्रहारबाट सामान्य चोट लागेको थियो । पछिल्ला केही सातामा विद्यालयमा भएको यो कम्तीमा तेस्रो गोलीकाण्ड हो । गत जनवरी २३ मा एक विद्यार्थीले केन्टुकीको पश्चिमी क्षेत्रमा पर्ने बेन्टनस्थित मार्शल काउन्टी हाइ स्कुलमा गोली चलाउँदा २ जनाको मृत्यु भएको थियो भने १४ घाइते भएका थिए । त्यसको एक दिन अघि एक १५ वर्षीया बालक टेक्सस सिटी अफ इटलीका गोली प्रहारबाट घाइते भएका थिए । लगत्तै गोली चलाएको आरोपमा एक १६ वर्षीय केटो पक्राउ गरिएको थियो । सिएनएन

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू