अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 02:37

 गायक बिमल गौतमको ‘रुपको झट्का’ सार्वजनिक (भिडियो )

बिआरटीनेपाल २०७४ माघ १९ गते ५:३६ मा प्रकाशित

एक दर्जन बढी गीत श्रोतामाझ ल्याइसकेका युवा गायक बिमल गौतमको नयाँ गीत ‘रुपको झड्का’ आज सार्वजनिक भएको छ । बुढासुब्बा म्यूजिक कम्पनी मार्फत युट्युवमा आज सार्वजनिक गरिएको गीतमा गायक आफैँले संगीत गरेका छन् भने  प्रकाश श्रेष्ठसँग सहकार्य गरेर गीतको शब्द तयार पारेका छन् ।

पछिल्लो समयमा दर्शक\श्रोताले रुचाईएको स्वाद तथा शैलीमा गीत तयार भएको गायक बताउँछन् । गौतमको यस गीतको भिडियोमा यतिबेला चर्चामा रहेकी मोडल एलिसा राई र चर्चित कोरियोग्राफर तथा मोडल गम्भिर बिष्टले अभिनय गरेका छन् ।

नृत्यमा ‘ह्याण्ड टु ह्यान्ड क्रु’ ले साथ दिएको छ भने नवराज उप्रेतीको छायांकन रहेको छ । भिडियोको निर्देशन गम्भिर आफैँले गरेका छन् ।

‘युवा पुस्ताले बोली चालीमा प्रयोग गर्ने भाषालाई गीतको शब्दमा समावेश गरिनुका साथै संगीतमा लोकपन र आधुनिताको फ्युजन रहेको छ ।’ यसअघि सर्वाधिक रुचाईएको यो घरबाट…गीतका इलामे गायक गौतम भन्छन्, ‘फाष्ट बीटको डान्सिङ नम्बर भएकोले युवाहरुलाई विशेषतः यो गीतले आकर्षण गर्छ भन्ने लागेको छ ।’

 

https://www.youtube.com/watch?v=J-NwvlMbcgA&feature=youtu.be

प्रतिक्रिया