अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 19:04

नलगाऊ बैंशको मेला

आचार्य प्रभा  २०७४ माघ १९ गते ५:२९ मा प्रकाशित
नलगाऊ बैंशको मेला जवानीको भर हुन्न
नबताऊ आफ्ना ती ब्यथा कसैको नि आँखा रुन्न |
चुँडाएर मुटुको नशा छिया छिया पारेपनि
कठैबरा! भनेर यहाँ निर्दयीको मुटु छुन्न |
निष्ठुरी छन् सबैको मन त्यतिछिट्टै पग्लन्न है
रोई रोई गुनासो गर तिम्रो मनको पीडा धुन्न |
आफ्नोको नै भरोशा गर या’त गर पराईको
थाल्नेछन् सबैले अहो! स्वार्थको त्यो जालो बुन्न |
दुख,सुख संगाल आफ्नो छाती खोली नदेखाऊ
फाटेको त्यो मनको धागो को आउला? अब तुन्न |