अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:००
| Colorodo: 19:15
महाराजगञ्जस्थित भैरवनाथ गणमा आज बिहान ग्रिनेड विस्फोट हुँदा ४ जना सैनिक घाईते भएका छन् । नियमित सैनिक अभ्यासका क्रममा रहेका उनिहरुलाई प्रशिक्षकले तालिम दिने क्रममा ग्रिनेडको पिन थुतेर फाल्न सिकाउँदा सो बम बिस्फोट हुन गै ४ सैनिक घाईते भएका हुन् ।
घाइतेहरुमध्ये ३ जनाको अहिले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका एक सैनिकको भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। सैनिक स्रोतले घाइतेहरुको नाम र थप विवरण भने खुलाइसकेको छैन ।