अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३० | Colorodo: 17:45

नेपाल आईडलका बिजयी बुद्ध, निसान र प्रताप कोलोराडोमा

बिआरटीनेपाल २०७४ माघ १८ गते १६:४५ मा प्रकाशित

नेपाल आईडलका ३ विजयी बुद्ध, निसान र प्रताप कोलोराडोमा आज आइपुगेका छन । कोलोराडो नेपाली युथ क्लबको आयोजनामा भोली सांझ ७ बजे देखी नेपाल आईडल बुद्ध लामा साथै फस्ट रनरअप निसान भट्टराई र सेकेण्ड रनरअप  प्रताप दासले कोलोराडोको इम्पेरियम इभेन्ट सेन्टर, ३०५१ वेष्ट ७४ एभन्युय, वेष्टमिनिस्टर (Imperium Event Center, 3051 w. 74th Ave, Westminster, Co 80003) मा एकसाथ आफ्नो प्रस्तुति दिने भएका हुन् ।

भोली साझ सात बजेबाट सुरु हुने कार्यक्रममा स्थानीय कलाकारहरू सम्झना पाण्डे, शरण गुरुङ, शुभन्जन डोवा,  कास्टमन्डप ग्रुप, भयन्कर ग्रुप साथै डिजे नोरज र डिजे शीतलको पनि प्रस्तुति दर्शकहरूले हेर्न पाउने छन् । आयोजक टिमले सम्पुर्ण कोलोराडो बासी नेपाली तथा नेपाली भासी दाजुभाइ दिदिबहिनीलाइ कार्यक्रममा आइ मनोरञ्जन लिन अनुरोध गरेको छ ।

प्रतिक्रिया