अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

नेपालमा हुने अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगितामा अमेरिका पनि सहभागि हुने

बिआरटीनेपाल २०७४ माघ १८ गते ४:१९ मा प्रकाशित

माघ २२ बाट सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने हुने अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगितामा अमेरिकाले पनि सहभागि जनाउने भएको छ । अखिल नेपाल लन टेनिस संघको आयोजनामा हुन लागेको अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु–१८) लन टेनिस प्रतियोगितामा नेपालसहित जापान, भारत, थाइल्याण्ड, चीन, पोल्याण्ड, चाइनिज ताइपे, क्यानडा, लाओस, हङ्कङ संगै संयुक्त राज्य अमेरिकाले पनि सहभागिता जनाउने भएको हो ।

दुई सर्किटमा बाढिएको प्रतियोगिताको पहिलो सर्किट यही माघ २२ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो सर्किट माघ २९ देखि फागुन ५ गतेसम्म सञ्चालन गरिने छ ।
प्रतियोगितामा पुरुष र महिलाको एकल र डबल्स विधामा प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिक्रिया