अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५३ | Colorodo: 05:08

अभि सुवेदीसंग साक्षात्कार गरी नर्थ क्यरोलाइनामा मासिक साहित्यिक कार्यक्रम सम्पन्न 

बिआरटीनेपाल २०७४ माघ १८ गते १:५८ मा प्रकाशित
नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले विगत छ  वर्षदेखि निरन्तर रुपमा गर्दै आएको मासिक साहित्यिक कार्यक्रमको पछिल्लो संस्करण गत सनिवार नर्थ क्यारोलाइनाको माेरिसभिल स्थित  दुलाल निवासमा  साहित्यिक रचना  वाचन र नेपालका वरिष्ठ साहित्यकार प्रा. अभि सुवेदीसंग इन्टरनेट प्रविधिका माध्यमबाट साहित्यिक अन्तरक्रिया गरी सम्पन्न भएको छ ।
कार्यक्रमको  शुरुमा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका महासचिव शिखर दुलालले डा सुवेदीको साहित्यिक र वैयक्तिक जीवन सम्बन्धी खोजमूलक प्रस्तुति गर्नुभएको थियो भने अन्य सहभागीहरुले डा सुवेदीका अन्य पाटाबारे आफ्नो जानकारी प्रस्तुत गरेका थिए।
सार्क लिटरेरी एवार्ड, युगकवि सिद्धिचरण पुरस्कार,  डबली पुरस्कार २००२  पुरस्कार हासिल गर्न सफल नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि सुवेदिकाे स्रष्टा व्यक्तित्व नाटककार, कवि र निबन्धकारमा विभक्त छ भने द्रष्टा व्यक्तित्व समालोचक र साहित्यिक चिन्तकका रूपमा प्रसिद्ध छ । करिब तीन दर्जन कृतिका कृतिकार सुवेदीको साहित्यिक छवि उनको बाह्य छविजस्तै सर्वथा भिन्न, उच्च र गम्भीर रहेकाे र अङ्ग्रेजी मा पुस्तक प्रकासन सनालाेचना एव अनुवाद समेत गरि नेपाली भाषालाइ विश्व बजारमा समेत लैजान अनवरत रुपमा लागिरहनु भएको निष्कर्ष प्रस्तुत गर्दै सचिव दुलालले डा सुवेदीको जीवनबाट हामीले धेरै कुरा सिक्न सकिने राय व्यक्त गर्नुभयो।
कार्यक्रमको दोस्रो सत्रमा कविहरु क्रमशः शिखर दुलाल, ऋषि बस्ताकोटी, शिशिर खनाल, बिक्रम गौतम, सुवास ढकाल , गिता वस्नेत, मनोज प्रधान, र नम्रता गुरागाईंले आ-आफना कविताहरु सुनाउनु भएको थियो । कविता वाचनपछि सहभागीहरुले फोनमार्फत् काठमाडौँ रहनुभएका प्रा डा अभि सुवेदीसंग प्रत्यक्ष कुराकानी गरेका थिए। कुराकानीको क्रममा सुवेदीले आफ्नो रिटायर्ड जीवन र गतिशील लेखनका बारे जानकारी गराउनुका साथै सहभागीहरुका अन्य जिज्ञासा मेट्नुभएको थियो। छलफलका क्रममा उहाले हाईकु लेखन र यस्काे ईतिहास बताउदै आफ्ना छानिएका हाइकूहरु समेत सुनाउनुभएको थियो । साहित्य सिर्जना क्रममा देश विदेशका अनुभवहरु सुनाउंदै उहाले उमेरले भन्दा पनि दृष्टिकोण र लगनशीलताले मानिसलाई परिणाममुखी बनाउने बताउनुभएको थियो।
प्रवासमा रहेका नेपालीले नेपाली संस्कृति र साहित्यको सम्वर्धनमा के गर्न सकिन्छ भन्ने प्रश्नको जवाफमा सुवेदीले स्तरीय अनुवाद गरेर नेपाली साहित्यले बाहिरको जगतलाइ सम्प्रेषण गर्न सके हाम्राे पहिचान विश्वभरि फैलाउन सकिन्छ  यसैले   प्रवासमा रहेका नेपालीले नेपाली साहित्यको अनुवादमा जोड दिनुपर्छ भन्नुभयो ।
त्यस्तै विदेशमा रहेका नेपालीले आफ्ना छोराछोरीलाई नेपाली साहित्य र संस्कृतिको बारेमा जानकारी गराएर थप प्रेरणा प्रदान गर्नुपर्ने समेत बताउनु भयो।टेलिफाेन बार्तामा मनोज प्रधान, ऋषि बस्ताकोटी, शिखर दूलाल, नम्रता गुरागाई , शिसिर खनाल र विक्रम गाैतम लगायतले उहासंग साहित्य र व्यक्तिगत जीवनका विविध पाटाबारे आ- आफ्ना जिज्ञाशा राख्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा संस्थाका सचिव शिखर दुलालले डा सुवेदीलाइ समय दिनुभएकाेमा संस्थाको  तर्फ बात आभार प्रकट गर्नुभएको थियो प्रा डा सुवेदीले पनि प्रविधिको  माध्यमबाट भएपनि  नर्थ क्यारोलाइना निवासी साहित्यिक मनहरूसंग  अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको र नर्थ क्याराेलाईना नेपाली साहित्य समाजले प्रविधिको प्रयोग गरी नेपालमा रहेका स्रष्ठाहरूसग  प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम निकै सिर्जनशील प्रयोग भएको बताउनुभयो ।
प्रतिक्रिया