अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

स्वस्थानी ब्रतकथा समापन: माघ शुक्ल पुर्णिमाका दिन शालिनदी क्षेत्र (फोटो फिचर+भिडियो)

बिआरटीनेपाल २०७४ माघ १७ गते २२:५७ मा प्रकाशित

सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।
सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।।
नीलोत्पल–धरां वामे , दक्षिणे वरदां शुभाम् ।
खड्ग–चर्मधरां चोध्र्वं वामदक्षिणयोः क्रमात ।।
चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् ।
एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।।

अर्थात :सुनको जस्तै दिब्य पित वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्पझैं प्रसन्न मुख मण्डल भएकी, विविध आभुषण हरुले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड् ,चर्म र नीलोत्पल धारण गरेकी, चारबाहु भएकी,यस्ती श्री स्वस्थानी माताको हृदयमा ध्यान गर्दछु ।

नेपालका हिन्दु धर्मालम्बिहरुले अत्यन्त श्रद्धाका साथ मनाउने स्वस्थानी ब्रतपूजा आजबाट समापन भएको छ । पौष शुल्क पूर्णिमाका दिन आरम्भ झै माघ शुक्ल पूर्णिमाका दिन सम्म चल्ने यो ब्रतकथा हिन्दु नारिहरुको ब्रत साथै घर घरमा स्वस्थानी कथा पाठ र श्रवण गरि मनाईने गरिन्छ ।

सतीदेवीको अंग पतन भएका बिभिन्न शक्ती पिठ र महादव मन्दिरहरुमा मेला लाग्ने यो धार्मिक पर्वमा खाषगरि काठमाडौंको उत्तरपूवि भेग साँखुस्थित शालिनदीमा बिषेश मेला लाग्ने गर्दछ । ‘माघ महिनामा यहाँ आई स्नान गरेर माधव नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन् । स्वास्थानि ब्रतकथा अनुसार महादेवको श्राप पाएर ७० बर्षका शिव शर्मा ब्राम्हण संग ७ बर्षकी गोमाको बिबाह भएपछि गोमाबाट नवराज नामका छोराको जन्म हुन्छ तर बढो दुखले गामाले छोरा हुर्काउँछिन् ।

आफु गर्भमै रहँदा हराएका पिता खोज्न हिँडेका नवराजकी पत्नी बरुणपुरका अग्नी श्वामीकी छोरी चन्द्रावतीले नवराज आमा गोमाले गरेको स्वस्थानीको व्रतबाट भगवान प्रशन्न भई लावण्डे देशका राजा बने । उनि राजा बनेको खवर पाएपछि लावण्डेदेश जाने क्रममा डोलेहरुसंगको आक्रोशमा स्वस्थानी देवीलाई गाली गर्दा उनले श्रापस्वरुप अत्यन्त दुख पाईन्, शालिनदीको किनारकै हातपाउ खसेर मुढो जस्तो बनेकी अत्यन्त कष्ट पाएकी उनले पछि तिनै स्वस्थानिको आर्शिवादले रानी हुने सम्मको सौभाग्य पाईन् र शालीनदीको महिमा पनि फैलियो ।

कथा अनुसार यस भन्दा अघि नै हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि पनि श्री स्वस्तानीकै ब्रत कसेकी दिईन् भने यहि ब्रतका प्रभावले १२ देखी छुटेका नाग नागिनीको पनि मिलन भएको थियो ।

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायण पछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको छ । ‘स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ ।

रोग–ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि विछोडमा परेका नाग–नागिनीको समेत पुनः मिलन भएको कथामा उल्लेख छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ ।

प्रतेक वर्ष पौषशुक्ल पूर्णिमाका दिन देखी यस ब्रतको सुरुवात हुन्छ । पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीको दिन देखी नै दुबै हात खुट्टाका नङ्हरू काटी, पवित्र भएर हविष्य ( दुध दहि, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादी सात्वीक पदार्थहरू ) भोजन ग्रहण गरी श्री स्वस्थानी माताको स्थापना–पूजा गर्ने ठाउँ को सरसफाई लिपपोत इत्यादी गर्नु पर्दछ । ब्रत गर्नेले त्यसै दिन देखी ब्रत नसकिदा सम्म पलङ् र खाटको पनि त्याग गरी भूमिमा शयन गर्नु पर्दछ । एकछाक मात्र सात्विक भोजन ग्रहण गर्नु पर्दछ । ब्रत नसकिदा सम्म ब्रतालु पुरुष भए रौं काट्न पनि हुदैन ।

त्यसै दिन देखी एक महिना सम्म कसै संग झगडा नगर्नु, दुर्वचन नबोल्नु, झुटो नबोल्नु क्रोध नगर्नु, कसै प्रति दुर्भाव नराख्नु, चोरी नगर्नु , ब्रह्मचर्य को पालन गर्नु, शुद्घ धोएका बस्त्रहरू मात्रै लगाउनु, शौच गए पछी जलको प्रयोगले सफाई गर्नु, सात्विक भाव मात्र हृदयमा राख्नु ब्रतका अनिबार्य नियमहरू हुन् । पूर्णीमाका दिन बिहानै उठी नदिमा स्नान (नदि नभए घरैमा( गरी शुद्घ वस्त्र पहिरिएर पाएसम्म कुशको आसन नपाएमा ऊनको त्यो पनि नपाए कम्मलको आसनमा बसेर नित्य कर्म गरिसके पछी पूजा गर्ने स्थानमा तामाको लोटामा पञ्चगब्य ) गोबर ,गोमुत्र, दुध , दहि र घ्यू) का साथै तिल ,सर्सी र जौ हाली वेद मन्त्रले अभिमन्त्रित गरी अभिशेक बनाई अपवित्रः पवित्रो वा भन्ने मन्त्रले सम्पूर्ण पूजा सामग्री र आफूमाथि छर्कनु पर्दछ ।

त्यसपछी त्यसै अभिशेक बाट ‘ मैले आज सम्म मन, वचन र कर्मले जानेर वा नजानेर गरेका सम्पूर्ण पाप नाश भई मलाई यस लोकमा सुख–सम्पत्ती र अर्को लोकमा शिव लोक प्राप्तिहोस् भन्ने कामना सहित एक महिना सम्म श्रीस्वस्थानी माताको नियम अनुसार व्रत बस्नेछु ’ भनी संकल्प गरी ब्रतको सुरुवात गर्नु पर्दछ । त्यसपछी आफूले विगतमा खाएका हुन सक्ने अभक्ष पदार्थको प्रायश्चित स्वरुप गोदान, (गाई) असम्भव भए गोबरमा यथासक्य भेटी वा सुवर्ण राखी गोदान गर्नु पर्दछ । गोदान कृत्य पछी मात्रै दिप गणेश र कलशको पूजा आरम्भ गर्नु पर्दछ । दिप गणेश र कलशको पूजा सम्पन्न भैसके पछी एउटा तामाको थालीमा रक्त चन्दनले अष्टदल कमल बनाई कमलको बिचमा श्री स्वस्थानी माताको सुनको प्रतिमा स्थापना गर्नु पर्दछ । सुन नभए यथासक्य भेटी राखी श्री स्वस्थानिमाताको स्थापना गर्नु पर्दछ ।

श्री स्वस्थानी माता आफ्ना चार हातमा क्रमै संग त्रिशुल , तरवार, चक्र र कमल धारण गरेकी हुन्छन् । यिन्को पग्लिएको सुनको जस्तै पहेलो वर्ण छ । विविध आभूषण हरुले सोभायमान श्री स्वस्थानी माता सिंहासनमा आरुढ भएकी हुन्छन् । यिनी आदिशक्ती स्वरुपा भएकीले आफ्ना भक्तजनहरूलाई मनले चिताएको फल तुरन्तै दिने गर्दछिन् ।

यो बर्षको स्वस्थानि ब्रतकथा हिजोदेखी समापन भएको छ । १ महिनादेखी शालिनदीमै बसी ब्रत गर्ने महिला देखी बिभिन्न स्थानबाट साधु सन्तको पनि उपस्थिती रहने शालिनदीमा बुधबार अन्तिम दिन भएकाले पनि अत्यन्न घुईंचो देखिन्थ्यो । प्रसस्त बस र गाडिहरुको ब्यवस्थन भएपनि लाखौंको संख्यामा दर्शनाथी आउने भएकाले मानिसहरु सजहरुपमै शालिनदी जाने र फर्कने वाताबरण नहुँदा खाष गरि फर्कने समय गाडि चढ्ने बेला मानिसहरुको हात हालाहाल सम्मको झगडा समेत बुधबार पनि देखिन्थ्यो ।

कोहि ड्राईभर बस्ने सिटबाट र कोहि झ्यालबाट भित्र पसेका दृश्य मात्र होईन सिट रोक्न बाहिरबाट बच्च र सामान भित्र राख्ने मानिसहरुका आफु भित्र पुग्दा सामान हराईसकेको दृश्य र पहिले राखेको बच्चा आफु चढ्न नसकेपछि झिक्न समेत कठिन परेको देखिन्थ्यो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू