अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

‘शेरबहादुर’को प्रचारमा मह जोडी देखी दिपक-दिपा सम्म (भिडियो)

बिआरटीनेपाल २०७४ माघ १७ गते ७:४३ मा प्रकाशित
प्रदर्शन मिती नजिकिदै गर्दा फिल्म शेरबहादुरको प्रचार प्रसार तिब्र बनाईएको छ । प्रचार प्रसारको विभिन्न उपायहरु प्रयोग गर्दै शेरबहादुर टिमले राजधानीमा सञ्चालित सफा ट्याम्पोहरुमा पनि फिल्मको पोष्टर प्रदर्शन गरिरहेका छन् ।
यहि माघ १९ गते बाट रिलिजमा आउन लागेको फिल्म शेरबहादरको वारेमा मह जोडीका बरिष्ठ कलाकारद्धय मदन कृष्ण श्रेष्ठ र हरि बंश आचार्यले फिल्म र निर्माता गौरी शंकर धुजुको वारेमा बोल्दै फिल्मको प्रमोशनमा लागेका हुन् ।
मह जोडीले शेरबहादुर निकै राम्रो भएको र नेपालमा पनि शेर बहादुर जस्तो फिल्म बन्न सक्छ भने जानकारी भिडियो मार्फत दिएका छन् । गौरी शंकर धुजु नेपाली फिल्म क्षेत्रमा ४० बर्ष देखी अनवरत रुपमा लाग्दै आईरहेका छन् । अनुभवको हिसाबले ४ दशक पार गरिसकेका गौरी शंकर धुजुले निर्माण गरेको फिल्म शेरबहादुर नेपाली दर्शकहरुको लागि एक अब्बल फिल्म हुने मह जोडीको दावी छ ।
यस्तै फिल्म शेरबहादुरकै वारेमा बोल्दै दिपक दिपाले राम्रो फिल्मको प्रतिक्षामा रहेका दर्शकहरुले शेरबहादुर हेर्दा राम्रो हुने बताएका छन् । दिपा श्री निरौलाले मह जोडीसँगै निरन्तर फिल्म क्षेत्रमा लाग्दै आएका गौरी शंकर धुजुले निर्माण गरेको फिल्ममा धेरै फिल्मकर्मीको अनुभव समेटिएको दावी गरेकी छिन् । उनले सस्पेन थ्रिलर शेरबहादुर सबैले मन पराउने दावी गरेकी हुन् । दिपकराज गिरीले शेरबहादर जस्तो फिल्म नेपालमा अहिले सम्म नबनेको दावी गरे ।
हलिउड फिल्मको प्रभावमा बनाएको शेरबहादुर हलिउड भन्दा पनि राम्रो बनेको गिरीको तर्क छ । नेपाली मेकर र फिल्मकर्मीले पनि शेरबहादर जस्तो फिल्म बनाउन सक्छ भने एउटा उदाहरण हुनेछ, फिल्म शेरबहादुर । यता चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेका फिल्म शत्रुगतेका निर्माता तथा प्रस्तुतकर्ता किरण केसीले आफुले कहिल्यै निर्माण गर्न नसकिने जनराको फिल्म शेरबहादर रहेको बताएका छन् । उनले नेपाली फिल्म राम्रा हुदैनन् र नेपाली फिल्म हेर्नै मन लाग्दैनन् भने दर्शबहरुले एक पटक जसरी भएपनि शेरबहादुर हेर्न आग्रह पनि गरेका छन् ।
एक्शन, रोमान्स, ड्रामा  समाबेश फिल्ममा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारहरुको मूख्य भुमिका रहेको छ । फिल्मका निर्देशक आर राजवंशि हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् ।
फिल्ममा कोशिश क्षेत्रीको संगीत, बसन्त श्रेष्ठको नृत्य, दिर्घ गुरुङ र नारायण जिसीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको फिल्मलाई राजधानीमा गोपालकाजी कायस्थ र राजधानी बाहिर एफडि कम्पनिले वितरण गर्दैछन् ।

प्रतिक्रिया