अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

नारी प्रधान चलचित्र ‘निर्जला’को फष्ट लुक सार्वजनिक

बिआरटीनेपाल २०७४ माघ १७ गते ७:०७ मा प्रकाशित

नारी प्रधान चलचित्र ‘निर्जला’ को फष्ट लुक सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक गरिएको फिल्मको फष्ट लुकमा तीन शीर्ष कलाकारलाई अटाइएको छ ।  पोष्टरमा किशोर खतिवडा, शुभेच्छा थापा र निक्स शर्मा फिचर छन् ।

प्रकाशचन्द्र न्यौपाने निर्मित फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । यो चलचित्र आगामी २०७५ सालको बडादशैंलाई लक्षित गर्दै फूलपातीको दिनदेखि रिलिज गराइने निर्माण स्रोतले जनाएको छ ।

फिल्मका निर्माता प्रकाशचन्द्रले भने, ‘निर्जला फिल्म मार्फत मैले निर्माणमा हात हालेको छु । म एउटा फिल्म बनाएर हराउने मेकर होइन् । मार्केटलाई बिस्तारै बुझ्दैछु । आफ्नो व्यवसाय र फिल्मलाई एकसाथ अगाडि बढाउनेछु ।’ यता निर्देशक गिरीले यस अघिका आफू निर्देशित फिल्म भन्दा ‘निर्जला’ धेरै फरक रहेको बताए । उनले थपे, ‘मलाई जुन ग्ल्यामर फिल्मका नाममा हिरोइन नङ्ग्याएको आरोप लाग्ने गथ्र्यो यो फिल्मबाट मलाई लाग्ने ट्यागमा समेत परिवर्तन हुनेमा म ढुक्क छु ।’ उनले ‘निर्जला’ सामाजिक कथावस्तुमा आधारित रहेको बताए ।

चलचित्रमा किशोर, शुभेच्छा र निक्सको अलवा श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापा लगायतका कलाकारले अभिनय रहेको  ‘निर्जला’ मा अशोक खड्काको द्धन्द, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ ।

प्रतिक्रिया