अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१९ | Colorodo: 12:34

२१ औ शताब्दीलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को युग बनाउनुपर्ने – उपराष्ट्रपति पुन

बिआरटीनेपाल २०७४ माघ १७ गते ६:१७ मा प्रकाशित

उपराष्ट्रपति नन्दबहादुर पुनले २१ औ शताब्दीलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को युग बनाउनु पर्नेमा जोड दिनुभएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था व्दारा आयोजित दक्षिण एसियाली लेखा व्यवसायी सम्मेलनको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सार्क क्षेत्रका देशको आर्थिक समृद्धिका लागि सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभयो ।

सार्क क्षेत्रमा गरिबी, अशिक्षा, बेरोजगारी समस्या रहेको उल्लेख गर्दै उहाँले यी समस्यालाई सम्बोधन गर्न क्षेत्रीय सहकार्य र एकतालाई अझ बलियो बनाउनुपर्छ भन्नुहुदै उपराष्ट्रपति पनले भ्रष्टाचार नियन्त्रण र आर्थिक सुशासन कायम गर्न लेखा व्यवसायीको भूमिका अहँ रहने चर्चा गर्नुभयो ।

दक्षिण एसियाली लेखा व्यवसायी सम्मेलनमा सार्क क्षेत्रका लेखा व्यवसायी संस्थाका प्रमुखको सहभागिता रहेको छ । सम्मेलनमा वित्तीय प्रणालीका विविध आयाम, आर्थिक समृद्धि, लेखा व्यवसायीको क्षमता अभिवृद्धि माथि छलफल हुनेछ ।

आयोजक संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ड संस्थाका अध्यक्ष प्रकाशजङ्ग थापाले आर्थिक सुशासन कायम गरी वित्तीय प्रणालीमा सुधारका लागि सरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक रहेकामा भन्दै भ्रष्टाचार न्यूनीकरण गर्न लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

सम्मेलनको उद्घाटन सत्रमा दक्षिण एसियाली लेखा व्यवसायी संस्थाका प्रमुख डा सुवोधकुमार कर्णले आर्थिक समृद्धि र दिगो विकासका लागि वित्तीय प्रणालीमा सुधार गर्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू