अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२२ | Colorodo: 17:37

अमेरिकामा छायाँकन गरिएको उत्कृष्ट म्युजिक भिडियोमा नायक नवराज श्रेष्ठको अभिनय

साथमा नायिका बिनिता बराल र अमेरिकन मोडल एलेसिक्स पनि

बिआरटीनेपाल २०७४ माघ १६ गते १९:३२ मा प्रकाशित

नेपाली चलचित्र क्षेत्रका नायक नवराज श्रेष्ठको नयाँ म्युजिक भिडियोको छायाँकन सकिएको छ । लामो समयदेखी अमेरिकामा रहँदै आएका नायक श्रेष्ठ अभिनित म्युजिक भिडियो अमेरिकाकै कोलोराडोमा छायाँकन सम्पन्न गरि बजारमा आउने अन्तिम तयारीमा रहेको छ । 

मधुकर लोहनीको शब्द संगीत र गायक मनोज राइको आवाज रहेको यो गीतको भिडियोलाई केदार उप्रेती र सुरेन्द्रमान सिंहले निर्देशन गरेको भिडियोलाई निर्देशक सिंहले नै खिचेका हुन् । गीतको भिडियोमा नायक नवराज श्रेष्ठ, नायिका बिनिता बराल, अमेरिकन मोडल एलेसिक्स र केदार उप्रेतीको अभिनय रहेको छ ।

नायक  श्रेष्ठका अनुसार महंगो खर्चमा तयार गरिएको यो भिडियोमा मौसम अनुसार नेगेटिभ १८ डिग्री सेल्सियसमा कोलोराडो क्षेत्रका बिभिन्न रमणिय स्थानहरुलाई कैद गरिएको छ साथै बजारमा आउने अन्तिम तयारीमा रहेको यो भिडियो अमेरिकामा छायाँकन  भएपनि नेपालमा नै भब्य समारोहका बिच सार्वजनिक गरिने छ ।

प्रतिक्रिया