अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

सम्बन्ध सुधार्न मोदी फागुन अन्तिम साता नेपाल आउँदै

बिआरटीनेपाल २०७४ माघ १६ गते १८:३९ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल भ्रमणमा आउनुहुने भएको छ। नेपालसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउने उद्देश्यका साथ उहाँ नेपाल आउने तयारीमा जुट्नुभएको हो।

मोदी भ्रमणको गृहकार्यका सिलसिलामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज भोली बिहीबार काठमाडौं आउँदै हुनुहुन्छ। ‘प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि नै स्वराज नेपाल आउन लाग्नुभएको हो। मार्चको दोस्रो साताभित्र प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने तयारी भइरहेको छ।’ –काठमाडौंस्थित भारतीय दूतावासका एक उच्च अधिकारीले  बताए।

विगतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चिसिएको सम्बन्ध सुधार्न र नयाँ सरकारसँग फरक ढंगले सम्बन्ध विस्तार गर्न मोदी भ्रमणमा आउने ती अधिकारीले खुलासा गरे। ती अधिकारीले भने– ‘मोदीको भ्रमणको क्रममा धार्मिक भ्रमणसंगै नेपाललाई भारतले विशेष सहयोगको घोषणासमेत गर्न सक्ने छ।’ एमाले–माओवादी नेतृत्वमा नयाँ सरकार गर्ने निधो भएपछिको अवस्थालाई भारतले सकारात्मक रूपमा लिएको सन्देश दिने मुख्य उद्देश्यका साथ अहिले स्वराजको नेपाल भ्रमण तय भएको उनले बताए। त्यस्तै संकेत गर्दै मोदी–ओली बीच यसअघि नै २ पटक टेलिफोन संवाद भइसकेको छ। भारतीय नाका बन्दीपछि नेपालमा गढेको भारत विरोधी धारणा र बढ्दो चिनियाँ प्रभाव घटाउन भारत आफैंले अहिले स्वराज भ्रमणको तयारी गरेको बताइएको छ।

ओली नेतृत्वमा नयाँ सरकार गठन हुने निधो भएपछि दुवै पूर्व समकक्षीहरूले विगतको तुष बिर्सिएर अघि बढ्नुको विकल्प नभएको टिप्पणीसमेत गरिन थालिएको छ।

मोदी पछिल्लो टेलिफोन संसंवादमा ओलीलाई प्रधानमन्त्री पदको अग्रिम शुभकामना दिइसक्नुभएको छ भने ओलीले पनि मोदीलाई नेपालका धार्मिक स्थलहरूको भ्रमण गर्ने निम्तो दिदै सम्बन्ध सुधारको संकेत गरिसक्नुभएको छ।नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू