अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३७ | Colorodo: 14:52

देश शहिद दिवशमा, कांग्रेस नेताहरु जुत्ता पालिस गर्दै सडक पेटीमा

बिआरटीनेपाल २०७४ माघ १६ गते १६:५५ मा प्रकाशित

सहिद दिवसका दिन मं‌गलबार नयाँ बानेश्वरको सडकमा अनौठो दृश्य देखियो। अन्य बेला जुत्ता मर्मत र पालिस लगाउँदै मोची बस्ने सडक पेटीमा म‌ंगलबार कांग्रेसका चर्चित नेता बसेका थिए।

नेपालको राजनीतिमा फोहोर पसेकाले जुत्तालाई जस्तै पालिस लगाएर सफा गर्न भन्दै कांग्रेसका केन्द्रीय नेताहरु सांकेतिकरुपमा सडकमा निस्किएका हुन्। उनीहरु एक हातमा पालिसको बट्टा र अर्को हातमा ब्रस लिएर सडक पेटीमा बसेका थिए। बानेश्वर चोकको सडक पेटीमा बसेर उनीहरुले पैदलयात्रुका जुत्ता टल्काइदिएका थिए।

सडक पेटीमा बसेर जुत्ता टल्काउने कांग्रेसका नेताहरुमा केन्द्रीय सदस्यद्वय चन्द्र भण्डारी र धनराज गुरुङसहित थिए। यो कार्यक्रम भने सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको हो। कार्यक्रमबाट पार्टी शुद्धीकरण हुनुपर्ने सन्देशसहित उनीहरुले सांकेतिक विरोध गरेका हुन्।

मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले नराम्ररी पराजय भोगेपछि दोस्रो तहका नेताहरु पार्टी नेतृत्व र नीतिमै परिवर्तन हुनुपर्ने पक्षमा उभिएका छन्। केही नेताले भने स्पोर्टस सुज समेत पालिस गरेको दृश्य देखिएको छ। केही नेतृले भने पञ्जा लगाएर जुत्ता पालिस गरेको देखियो। कतिपय नेता भने जुत्ता पालिस गर्न बसेर आफ्नै जुत्ता पालिस गरिरहेका थिए। आजको  अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू