अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४४ | Colorodo: 14:59

चलचित्रकर्मी कल्याणकारी कोषद्धारा चलचित्रकर्मीको उपचारमा सहयोग

बिआरटीनेपाल २०७४ माघ १६ गते ७:३१ मा प्रकाशित

चलचित्र विकास बोर्ड अन्र्तगत रहेको चलचित्रकर्मी कल्याणकारी कोषले चलचित्रकर्मीहरुलाई सहयोग गरेको छ । बिगत केही समय देखि स्वस्थ्यमा समस्या देखिए पछि उपचार गराइ रहेका वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार हरि प्रसाद रिमाललाई कल्याणकारी कोषले चार महिनाको मासिक भत्ता प्रदान गरेको छ । 

बोर्डमा अध्यक्ष रित्त भएपछि विगत चार महिना देखि चलचित्रकमीहरुले बोर्डबाट प्राप्त गर्दै आएको सहयोग रकम रोकिएको थियो । बोर्डमा निकिता पौडेलको नियुक्तीसंगै कल्याणकारी कोष पुनः आफ्नो काममा जुटेको छ । बिकास बोर्ड अध्यक्ष पौडेल सहति कोष संचालक समितिका संयोजक बशुन्धरा भुषाल सहितको टोली रिमालको घर पुगेर मासिक भत्ता हस्तान्तरण गरेका हुन् । नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धीका योगदान दिनु हुने वरिष्ठ चलचित्रकर्मी तथा सहयोगको खाँचो परेको बेला कल्याणकारी कोषले सहयोग गर्दै आएको छ ।

मासिक भत्ता बोर्डमै लिन आउंने व्यवस्था भएपनि बोर्ड अध्यक्ष निकिता पौडेल चलचित्रकर्मीहरुको स्वस्थ्य स्थीति बुझ्न घर घरमै पुगेर सहयोग हस्तान्तरण गरी रहेकी छिन् । यस्तै वरिष्ठ चलचित्रकर्मी जयनेन्द्र चन्द्र ठाकुरको घरमै पुगेर चार महिनाको कल्याणकारी कोषको रकम हस्तान्तरण गरिएको छ ।

यता नेपाली चलचित्रको इतिहासमा महत्वपुर्ण भुमिका खेल्नु भएका वरिष्ठ मेकअप आष्र्टिष्ट इन्द्र लामालाई नगद १ लाख सहयोग बोर्डले गरेको छ । किड्नीले काम नगर्ने भएपछि हाल मनमोहन अस्पताल स्वयम्भुमा लामाको उपचार भइरहेको छ । 

नेपाल चललचित्र प्राविधिक संघका अध्यक्ष पुष्कार लामाको समन्वयनमा बोर्ड अध्यक्ष निकिता पौडेल सहतिको टिमले लामाको उपचारका लागि १ लाखसहयोग प्रदान गरिएको हो । यता लामो समय देखि उपचारत सफल लेखक तथा निर्देशक मौनता श्रेष्ठलाई पनि बोर्डले १ लाख सहायेग गरेको छ ।

चलचित्र क्षेत्रको विकास, प्रवद्र्धन र सम्वद्र्धनका लागि स्थापित चलचित्र विकास बोर्डले त्यो काम संगै चलचित्र क्षेत्रको विकासमा महत्वपुर्ण भुमिका खेल्नु हुने चलचित्रकर्मीहरुको सम्मान, सहयोग र सदभावलाई आत्मसाथ गर्दै आफु अगि बढ्ने बोर्ड अध्यक्ष निकिता पौडेलले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया