अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२८ | Colorodo: 14:43

दर्शकको आक्रोश: ‘बाहुबली’ नायिका तमन्ना माथि जुत्ता प्रहार

बिआरटीनेपाल २०७४ माघ १५ गते २३:५८ मा प्रकाशित

चर्चित चलचित्र ‘बाहुबली’की नायिका तमन्ना भाटियामाथि जुत्ता प्रहार भएको छ । करीमुल्ला नामका ३१ वर्षीय युवकले उनलाई जुत्ता प्रहार गरेका हुन् तर उनलाई जुत्ता लागेन । हैदराबादको हिमायत नगरमा एक ज्वेलरी स्टोरको उद्घाटन गर्न पुगेकी तमन्नामाथि जुत्ता प्रहार गरिएको हो ।

बलिउड र दक्षिण भारतीय फिल्म उद्योगमा चर्चित तमन्नाको पछिल्ला भुमिकामा असन्तुष्टि जनाउँदै करीमुल्लाले जुत्ता हानेको नरयांगुडा पुलिस स्टेशनका इन्सपेक्टर बी रवीन्द्रले जानकारी दिएका छन्। उनीविरुद्ध सार्वजनिक मुद्दामा कारवाही अघि बढाइएको छ।

प्रतिक्रिया