अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

गायक रुद्र शेखरको ‘दुख्दिन म’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ माघ १५ गते २३:१९ मा प्रकाशित

युवा गायक रुद्र शेखर शर्माले केही दिनअघि काठमाडौंमा विमोचन गराएको आफ्नो पहिलो एल्बम ‘रुपम’ मा समावेश गरिएको पहिलो गीत ‘दुख्दिन म…’ को म्युजिक भिडियो दर्शकमाझ ल्याएका छन् ।

गीतकार विपिन किरणका कर्णप्रीय शब्दहरुको उक्त गीतलाई नारायण सुवेदी आभासले संगीतबद्ध गरेका छन् । सुगम संगीतमा आधारित आधुनिक शैलीको उक्त गीतमा संगीतकर्मी किरण कँडेलको संगीत संयोजन छ ।

गायक रुद्र शेखर शर्मा तथा किरण क्रिएसनको प्रस्तुतीमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोलाई निर्देशक विशाल भण्डारीले निर्देशन गरेका हुन् । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ पछि निर्देशक भण्डारीद्वारा निर्दे्शित यो पहिलो म्युजिक भिडियो हो ।

रोमान्टिक शैली प्रदान गरिएको भिडियोमा चलचित्रका अभिनेता आयुष रिजाल तथा अभिनेत्री अनु शाहले अभिनय गरेका छन् । अर्जुन तिवारी तथा टिमले यो म्युजिक भिडियो छायांकन गरेको हो । निशाल घिमिरे उक्त म्युजिक भिडियोका सम्पादक हुन् ।

प्रतिक्रिया