अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 12:16

तीव्र र दिगो विकास मुलुकको अहिलेको आवश्यकता – ओली

बिआरटीनेपाल २०७४ माघ १५ गते २०:०२ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र र दिगो विकास मुलुकको अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ६७ औँ वार्षिक साधारण सभाबाट नवनिर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यहरूलाई पार्टी कार्यालय धुम्वाराहीमा खादा ओढाएर सोमबार स्वागत तथा सम्मान गर्दै अध्यक्ष ओलीले अब बन्ने नयाँं सरकार दिगो र समृद्धि हासिल गर्नेतर्फ लागिपर्ने बताउनुभयो । 

राजनीतिक अधिकार प्राप्तिको लडाई समाप्त भएको चर्चा गर्दै उहाँले अबको एजेन्डा मुलुकलाई आर्थिक समृद्धितिर लानु रहेको बताउनुभयो । यसका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि वढ्नुपर्ने आवश्यकता उहाँंले औँल्याउनुभयो । मुलुकमा व्याप्त गरिबी हटाई निजी क्षेत्रलाई प्रोत्साहन गरी मुलुकलाई समृद्ध बनाउनु आफ्नो उद्देश्य रहेको उहाँंले बताउनु भयो ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालकै पहिलो व्यावसायिक सङ्गठन नेपाल चेम्वरको लामो इतिहासमा सिङ्गो राजनीतिक पार्टीबाट सम्मान पाउनु सम्भबत पहिलो पटक भएको बताउँंदै सम्मानले निजी क्षेत्रलाई थप जिम्मेवार बनाएको महसुस भएको बताउनु भयो । मुलुकको आर्थिक समृद्धिका लागि सरकारले गर्ने प्रयासमा हस्टेमा हैंसे गर्न आफूहरू तयार रहेको स्पष्ट पार्दै उहाँंले यसका लागि निजी क्षत्रले निरन्तर सहयोग गर्दै आएको समेत स्मरण गर्नुभयो । 

मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी आवश्यक रहेको चर्चा गर्दै उहाँंले यसका लागि नेपाल चेम्वरले राजदूतहरुसँंग छलफल चलाउँंदै आएको समेत कार्यक्रममा जानकारी दिनुभयो । राजनीतिक संक्रमणकालको समाप्तिपछि विदेशी लगानी भित्रिन सक्ने बलियो सम्भावना रहेको उहाँंले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पार्टीका उच्चपदस्थ व्यक्तित्वहरू तथा नेपाल चेम्वर अफ कमर्सका सम्पूर्ण पदाधिकारी तथा कार्य समितिका सदस्हरु सहभागी हुनु हुन्थ्यो । नेपाल चेम्वरको हालै सम्पन्न ६७औं साधारणसभाले राजेश काजी श्रेष्ठको अध्यक्षतामा ६३ सदस्यीय नयाँं कार्य समिति निर्वाचित गर्दै सबै प्रदेश, जिल्ला र नगरस्तरमासमेत समिति हुने व्यवस्था भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू