अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१५ | Colorodo: 17:30

नेपालको सीमा मिचिएको छैन, खोक्रो राष्ट्रवादका हिसाबले भारतलाई गाली नगरौं – राजेन्द्र महतो

बिआरटीनेपाल २०७४ माघ १५ गते ४:४४ मा प्रकाशित

राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महत्तोले नेपाल भारतबीच अहिले सीमा विवाद नभएको बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष महत्तोले नेपाली सञ्चार माध्यमले उचालेको भरमा नेपाली सीमा भारतले मिचेको भन्न नमिल्ने बताएका हुन् ।

यदि सीमा सम्बन्धीत विवाद भए दुई देशका सरकारबीच कुटनीतिक सहमति र छलफलका माध्यमबाट मिलाउन सकिने उनको जिकिर छ ।

बाम गठनबन्धनसँग सरकार गठनका बिषयमा सहमति हुन नसक्ने बताउँदै महतोले एमालेले संविधान संशोधनका बिषयमा सकारात्मक धारण सार्वजनिक नगरी संविधान संशोधनमा बाधा पु¥याएको अबस्थामा राजपा एमालेका विरुद्ध फेरी आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

उनले भने एमाले हिजो पनि संविधान संशोधनका विपक्षमा रहेको थियो आज पनि छे ‘यदि संविधान संशोधन नभएर हामी जुनसुकै खालको कदम चाल्न बाध्य हुनेछौ ।’

अध्यक्ष महत्तोले दुई नंम्बर प्रदेशमा जनताले राजपा र फोरम लोकतान्त्रीक पार्टीलाई सरकार बनाउने म्याण्डेट दिएकोले यहाँ दुई पार्टीको सहमतिमा सरकार निमार्ण हुने बताए ।

नेपालका नेताहरुले खोक्रो राष्ट्रवादका हिसाबले भारतलाई गाली मात्रै गर्ने होईन दुई देश बीचको आपसी सम्बन्धलाई पनि सुर्धार गर्न सक्नुपर्नेमा जोड दिँदै अध्यक्ष महत्तोले भारतीय दुतावासमा अन्य राजनीतिक दलका नेताहरु पटक पटक पुग्दा कुनै बिषय नउठेपनि हामी पुग्दा भारतवादी आरोप लगाउने काम गलत भएको टिप्पणी गरे ।

अहिलेसम्म सरकारमा पुगेका आफूलाई ठूला भन्ने दलहरुले देश र जनताका बिषयमा केही गर्न नसकेको उनले आरोप लगाउनुभयो । नेपालमा छिमेकी देशसँगको सम्बन्धका बारे दल र व्यक्ति पिच्छे नीति होईन राष्ट्रिय नीति निर्माण हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू