अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३ | Colorodo: 17:38

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट नेपाली पाठशालाको लागि पाठ्यक्रम तयार

बिआरटीनेपाल २०७४ माघ १४ गते २१:०२ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट हालै नेपाली पाठशालाहरूको लागि पाठ्यक्रम तयार गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट नेपाली पाठशालाको पाठ्यक्रम विकासका लागि पुष्पराज पौडेल संयोजक रहनु भएको पाठ्यक्रम विकास समिति गठन गरेको थियो र सो समितिमा डा. लक्ष्मीनारायण ढकाल, श्री श्यामल अधिकारी, डा. ऋषि बस्ताकोटी र डा . चुडामणि खनाल सदस्यमा रहनु भएको छ । समितिले विभिन्न पाठशालाहरूको अध्ययन, बिज्ञहरु, पाठशालाका शिक्षक एवं अभिबाबकहरुसंग परामर्श गरी पाठ्यक्रम तय गरेको छ ।

समितिले विश्वका विभिन्न स्थानमा सञ्चालन भैरहेका पाठशालाहरूलाई सहयोगार्थ निःशुल्क रूपमा प्रदान गर्ने गरी एकरुपता प्रदान गर्न सजिलो हुने र पाठशालाहरू उच्चस्तरमा सञ्चालन गर्न सहयोग पुग्ने जनाइएको छ । यस पाठ्यक्रमको आधारमा पाठशालाहरू सञ्चालन गर्दा विद्यार्थीहरूले सजिलै नेपाली अक्षर र अङ्कको सुनाई, बोलाई, पढाई, लेखाई, नेपाली भाषा र साहित्यको चिनारी, अङ्कगणित, नेपाली संकृति र चाडपर्व लगायत व्यक्तित्व र सांस्कृतिक ज्ञान प्रदान गर्ने छ । यसबाट नेपाली भाषाका पाठशालाहरू सञ्चालन गर्न इच्छुक र पाठशालाहरू सञ्चालन गरिरहेका अनेसासका निकाय लगायत एनआरएन, भुटानी नेपाली समुदाय र अन्य सङ्घ संस्थाहरूले पनि सो पाठ्यक्रम निःशुल्क रूपमा नमुनाको रूपमा प्रयोग गर्न सकिने र ती सङ्घ संस्थाहरूलाई पाठ्यक्रम तर्जुमा गरिरहने झन्झट नहुने विश्वास लिइएको छ । उक्त पाठ्यक्रम निशुल्करुपमा प्राप्त गर्न अनेसासको वेबसाइट www.inls.org वा संस्थाका पदाधिकारीहरुसंग सम्पर्क गरी प्राप्त गर्न सकिने छ र सो पाठ्यक्रम अनेसासले पुस्तकाकारमा प्रकाशन गर्ने निर्णय गरेको छ ।

संस्थाका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो समितिका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै उक्त पाठ्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ । पाठशाला सञ्चालनको क्रममा प्राप्त हुने सुझाव अनुरूप आगामी दिनमा उक्त पाठ्यक्रममा संशोधन गरिने पनि जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू