अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

भुकम्प पिडितका लागि भारतबाट आएको करोडौं मूल्यको जस्तापाता टेन्डर मार्फत बिक्री गरिँदै

बिआरटीनेपाल २०७४ माघ १४ गते १८:४० मा प्रकाशित

पुननिर्माणका लागि भारतबाट आयात गरिएको करोडौं मूल्यको जस्तापाता टेन्डरमार्फत बिक्री गर्न लागिएको छ ।
भूकम्पपछिको पुननिर्माण गर्न सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३३ करोड मूल्यबराबरको जस्तापाता खरिद गर्न लगाएको थियो ।

कर्पोरेसनले ग्लोबल टेन्डरमार्फत भारतको जिंदल स्टिल उद्योगबाट ३५ मिलिमिटरदेखि ५० मिलिमिटरको एक सय ५० जिंक कोटेडदेखि दुई सय ५० कोटेड भएको ५० हजार बन्डल जस्तापाता खरिद गरी आयात गरेको थियो ।

कर्पोरेसनले चर्को ब्याजदरमा विभिन्न बैंकबाट रकम लिएर जस्तापाता खरिद गरेको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू