अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 17:23

जीवन भर कहिले यस्तो मौका नआउने, पहिलो र अन्तिम स्मरण

विजय थापा २०७४ माघ १४ गते ९:५७ मा प्रकाशित

सामाजिक सञ्जाललाई मान्नै पर्छ l फेसबुकले २ वर्ष अगाडि लेखेको लेख पुन: दोहोर्याई दिएको छ । चन्द्रमा दाहिने भएर होला, सौभाग्यले देशका ४ प्रधानमन्त्रिहरुसंग प्रत्यक्ष भेट गर्ने मौका जुर्यो । ठोकुवा साथ भन्छु, जीवन भर कहिले यस्तो मौका पाउँदिन ।

त्यसैले हिस्सा गर्न मन लाग्यो । शायद त्यसैले राष्ट्रकै हस्तीका कार्यक्रममा कार्यक्रम गर्ने मौका मिल्यो । भाग्यशाली बने । ठुला कुरा पनि हैन । आफू वर्ष २४ देखि नेपाली मात्र बोल्ने तर स्व. गिरिजा प्रसाद कोइराला प्रमुख अतिथि भएको समयमा अंगेजीमा उद्घोष गर्नु पर्ने अवस्था आई पर्‍यो ।

नाक कान घाँटी (ईएनटि) रोग चिकित्सकका बिशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा मौका पाए त्यो पनि अङ्ग्रेजीमा गर्नु पर्ने । ईएनटि बिशेषज्ञ चिकित्सक मदन कोइरालाले बिराटनगरमा त्यो मौका दिए ।

प्रमुख अतिथि स्व गिरिजा बाबुलाई मैले देशले रगत मागे, मलाई बलि चढाउनु भन्ने गीत गाउँदै सुरुवात गरे । बिदेशीहरुको सहित सहभागिता रहेको उक्त सम्मेलनमा अङ्ग्रेजीमा गीत सार भनी दिए ।

तर स्व गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनु हुन्थ्यो । वहाँलाई अति समयको अभावको कारण मलाई आयोजकले नभनी स्वयम् प्रमुख अतिथि कोइरालाले नै भाइ छिटो गर्नुस् त भनी गाली गर्नु भयो ।

स्व. सूर्य बहादुर थापा, एक कार्यक्रमको सिलसिलामा बिराटनगरको रत्ना होटेलमा आफूले कार्यक्रम गर्दा प्रशंसाको साथै हर्ष व्यक्त गर्नु भएको थियो । अङ्ग्रेजी नमिसाई नेपाली मात्र बोल्दा छक्क पर्नु भएको थियो ।

अर्का प्रधानमन्त्री सुशील कोइराला पटक पटक अमेरिका आई रहने गर्नु हुन्त्यो । आफू पनि सङ्घ तथा संस्थामा आबद्धको साथै पदाधिकारी नै भएकोले कार्यक्रम सञ्चालन गर्न नपाउनु भनेको ठुलो कुरा हैन । २/४ पटक नै गरे होला । कार्यक्रम सञ्चालक भएको हैसियतले मैले सम्झनु पर्दा वहाँले पटक पटक माओवादीको कारण संविधान लेखनमा ढिला र सुस्ती भएको स्पष्ट भन्नु हुन्थ्यो । तर वहाँले संविधान ल्याएर नै छोड्नु भयो । हामी वहाँलाई कदापि बिर्सने छैनौ ।

पूर्व प्रधानमन्त्री के पी शर्मा ओलीसँग पनि अमेरिका आएको समयमा आफूले कार्यक्रम सञ्चालन गर्ने मौका पाए । अमेरिका सम्भवत बहा स्वास्थ्य परीक्षणको लागि सन् २०१० मा आउनु भएको थियो ।

वहासंग भएको साक्षात्कार अलिक रमाइलो पनि हुन् पुग्यो । पूर्व प्रधानमन्त्री मन्त्री ओलीसँग विजया दशमीको अष्टमीको दिन कार्यक्रम जुर्यो । उत्तर अमेरिका कै सबै भन्दा जेष्ठ नेपालीहरूको सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीले गरेको थियो ।

केपी शर्मा ओलीले अति नै राम्रो विचार पस्कनु भएको थियो । पूर्व प्रधानमन्त्री ओलीको सवाल जवाफ उत्कृष्टमा महा उत्कृष्ट रहन पुग्यो । वहाँले संविधान लेखन अपरिहार्यता भएकोले कुनै पनि हालतमा संविधान लेखन तार्किक बिन्दुमा पुर्‍याउनु पर्छ भन्ने दृढ सङ्कल्प लिनु भएको थियो । माओवादीलाई मानिस बनाएर छोड्ने कुरा भन्नु भएको थियो । एमालेसँग निर्वाचनमा माओवादी बाम गठबन्धनमा सरिक भई दोस्रो ठुलो दल बन्न पुगेको छ ।

अमेरिकामा एक दशक बिताई सके । जीवनमा यस्तो अब गर्न कहिले सक्दिन । यस्तो सुनौलो मौका कहिले पाउने छैन ४ वटा प्रधानमन्त्रीको कार्यक्रममा विशेष व्यक्तित्वहरुसंग भेटघाट गर्न पाउनु र कार्यक्रम सञ्चालन गर्न पाउनु मेरो लागि निकै अर्थ लाग्छ । अविस्मरणीय क्षणको रूपमा मैले लिएको छु ।

अब केवल सम्झनामा मात्र रहने छ । हाल एक जना मात्र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मात्र जीवित हुनु हुन्छ ।

प्रतिक्रिया