अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०८ | Colorodo: 15:23

नेपालले ३४ वर्षपछि दोस्रो पटक हङकङलाई उसकै भूमिमा पराजित गर्यो

बिआरटीनेपाल २०७४ माघ १४ गते ९:५३ मा प्रकाशित

नेपाली राष्ट्रिय भलिबल टोलीले आज मैत्रीपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ । हङकङको यान चाउ कोक स्पोर्टस् सेन्टरमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५ र १७–१५ अंकले हराएको हो । 

नेपाली भलिबल टोली मैत्रीपूर्ण खेल खेल्न बुधबार हङकङ गएको हो । इमबहादुर रानामगरको कप्तानीमा रहेको नेपाली टोलीले सोमबार अर्को मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोलीले मकाउको राष्ट्रिय टिमसँग बुधबार मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो ।

यसअघि सन् १९८३ मा नेपालले जापानमा आयोजना गरिएको तेस्रो एशियन पुरुष च्याम्पियनसिपमा पहिलो पटक हङकङलाई हराएको थियो । नेपालले ३४ वर्षपछि दोस्रो पटक हङकङलाई उसकै भूमिमा पराजित गरेको छ ।

नेपाली टोलीका साथमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, विद्यालय भलिबल कमिसनका उपाध्यक्ष युवराज श्रेष्ठ, टिम व्यवस्थापक राजकुमार गुरुङ, अन्तर्राष्ट्रिय रेफ्री पूर्णप्रसाद चौलागाई, मुख्य प्रशिक्षक वीरेन्द्र चौधरी र प्रशिक्षक भट्ट रहनुभएको छ ।  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू