अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

भारतले २० लाख भारुमा किन्यो नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई

आईपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर वने सन्दिप

बिआरटीनेपाल २०७४ माघ १४ गते ६:११ मा प्रकाशित

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने पक्का भएको छ ।आइपिएलको बोल कवोलको दोस्रो दिन सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले  २० लाख भारतीय रुपैयाँमा किनेपछि सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी पनि बनेका हुन् ।

लेग स्पिन बलिंग र गुगलीको कारण परिचित सन्दिप आईपीएल अक्सन सुचीको २७६ औं नम्बरमा थिए र एसोसिएट रास्ट्रबाट यो सुचीमा पर्ने दोश्रो खेलाडी थिए। सन्दिपको नाम आएको केहि समय कुनै टोलिले पनि उनीमा इच्छा देखाएनन्। तर अक्सनर हेड्लीले पुनः रु २० लाख मात्र भनेपछि दिल्लीले सन्दिपलाई बोलि लगाएको थियो।

२ अगष्ट सन्  २००० जन्मिएका नेपाली क्रिकेट  सन्दीपले २०१५-१७ आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको १६ अप्रिल २०१६ को नामिबिया विरुद्धको खेलबाट लिस्ट ए क्रिकेट सुरुवात गरेका हुन् । यो भन्दा पहिला उनी नेपालको अन्डर १९ क्रिकेट टिममा छानिएको थिए। सेप्टेम्बर २०१६ मा उनलाई अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले सिड्नी स्थित वेस्टर्न सबअर्व डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्नका लागि निमन्त्रणा पढाएका थिए।

सन्दिपको बारेमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाली खेलाडी सन्दिप लामिछाने आईपीएल टिम दिल्ली डेर डेभिल्समा आवद्ध भएकोमा खुशी व्यक्त गरेका छन् ।

आइतबार अपरान्ह ट्विटरमार्फत उनले सन्दिपलाई बधाई दिँदै नेपाली क्रिकेट खेलाडीका लागि गर्वको क्षण भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू