अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

चलचित्र ‘साढे ७’ को दोस्रो ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७४ माघ १३ गते १०:४१ मा प्रकाशित

चलचित्र ‘साढे ७’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । देशले बेहोरेको नाकाबन्दीको समयमा फोटो पत्रकारले भोग्नु परेको भौतिक र मनोवैज्ञानिक द्धन्द्धलाई मुल आधार बनाईको थ्रीलर ड्रामा ‘साढे ७’ले शुक्रबार ट्रेलर दोस्रो  सार्वजनिक गरेको हो ।

गायक सत्यराज आचार्यलाई फोटो पत्रकारको भुमिकामा देखाईएको यो चलचित्रले सुरुमा आफ्नो प्रदर्शन मिती मंसीर १५ भनेर सार्वजनिक गरिएको भएपनि बिबिध कारणबस मंसिरमा प्रदर्शन गर्न नसकेको  ‘साढे ७’ युनिटले अव भने फागुन ११ गतेलाई प्रदर्शन मिती तोकेको छ ।

सुनिल थापा, सत्यराज, स्वरुपराज आचार्य, नरेशदेव पन्त, डिजे सन्तोष र साम्तेन भुटिया निर्माता रहेको यो चलचित्रमा सत्यराज आचार्य, मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कट्वाल, शिशिर बाङ्देल लगायका कलाकारको अभिनय रहेको छ ।

यो चलचित्रलाई साम्तेन भुटियाले लेखन एवं निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू