अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०९ | Colorodo: 01:24

डिल्लीबजार जेल तोडेर फरार ‘टीके डाँका’ प्रहरी इन्काउन्टरमा चितवनमा मारिए

बिआरटीनेपाल २०७४ माघ १३ गते ६:४४ मा प्रकाशित

काठमाडौं उपत्यकामा श्रृखलाबद्ध चोरी लुटपाट तथा डकैती मुद्दामा जेल परेका ‘टीके डाँका’ प्रहरी इन्काउन्टरमा मारिएका छन् । पटक पटक पक्राउ पर्दै आएका काठमाडौं डिल्लीबजार जेलबाटै फरार अभियुक्त टीके डाँका नामले चिनिने रामेछाप दोरम्बार स्थायी घर भएका  २९ वर्षीय टीका थापामगर शनिवार चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा प्रहरी इन्काउन्टरमा मारिएका हुन् ।

‘टीके डाँका’ माघ ४ गते मध्यराती डिल्लीबजार स्थित गोलघरबाट कारागारको काँडेतार काटेर फरार रहेका थिए । उनि जेल तोडेरै फरार भएपछि अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले खोजि गर्ने क्रममा आज दिउँसो उनलाई चितवन रामनगरमा भेटेपछि पक्राउ गर्न खोज्दा भएको दोहोरो मुठभेडमा प्रहरीको गोलीबाट मारिएका हुन् ।

फरार अभियुक्त आउँदै गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको अपराध महाशाखा र जिल्लाको टोलीसँग साँझ ५ः१० बजे मुठभेड भएको थियो । ना४७प ५०५२ नंको पल्सर मोटरसाइकलमा आउँदै गरेका उनी र अर्का एक व्यक्तिले प्रहरीलाई देखेपछि फायरिङ गर्दा प्रहरीले छ राउण्ड जवाफी फायरिङ गरेको थियो ।

२०७३ पुसमा कौशलटारस्थित बैंकबाट पैसा निकालेर गठ्ठाघर तर्फ जाँदै गरेकी मन्दिरा अधिकारीको ६ लाख नगद लुटेपछि महानगरीय अपराध महाशाखाले पुस २६ गते उनलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो भने जेलबाटै उनि फरार भएपछि प्रहरीकै मिलेमतोमा कैदी भागेको हुनसक्ने भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ड्युटीमा रहेका प्रहरीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू