अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 07:53

पोखरास्थित आफ्नो जग्गा बेचेर आविष्कार केन्द्र खोल्दैछन् महावीर पुन

बिआरटीनेपाल २०७४ माघ १२ गते ६:५९ मा प्रकाशित

एसियाको नोबेल पुरस्कार भनिएको म्यागसेसे पुरस्कार पाएका म्याग्दीका महावीर पुनले आविष्कार केन्द्र खोल्नको लागी आफ्नो पोखराको जग्गा बेच्दैछन् । आविष्कार केन्द्रका लागि करिब ६ करोड रुपैयाँ जुटेको छ । त्यसका लागि पुनले पोखरास्थित आफ्नो जग्गा बिक्री गरेर करिब तीन करोड थप्ने आशा गरेका छन् ।

महावीर पुन आफ्नो फेसबुक पेजमा कहिले आक्रोशित पोस्ट गर्छन् भने कहिले आशातीत शब्दहरू लेख्छन् । उनलाई प्राप्त रकम धेरै जसो देश बिदेशमा रहेका नेपालीहरुले दिएका छन् त्यसको अपडेट पनि उनी सामाजिक संजालमार्फत गरिरहन्छन् । नेपालका दुर्गम गाउँमा ताररहित इन्टरनेट पुर्याउँदा म्यागेसेसे पुरस्कार पाएका पुन अहिले आफ्नो नयाँ सपनालाई मूर्तरूप दिन दौडधुप गरिरहेका छन् ।

सरकारबाट भनेजस्तो सहयोग नपाएको भन्दै उनले शुभचिन्तकबाट आर्थिक जोहो गरेरै पनि आविष्कार केन्द्र सञ्चालन गर्ने अठोट लिएका छन् ।

५ बर्षदेखी दुर्गम क्षेत्रमा ताररहित इ्रन्टरनेट सहित शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा काम गरिरहेका पुनले केही दिनअघि  सरकारले जनताको आवश्यकता पुरा गर्न समेत आनकानी गर्ने गरेको बताउँदै जनताको माग पुरा गर्ने एउटै माध्यम अनशन भएकाले आफुँले पनि अन्तिम विकल्प अनशनलाई रोज्ने तयारी गरेको बताए । ‘अहिलेसम्मका सरकारले माग प्रति चासो देखाएका छैनन् ।मैले पनि गोविन्द केसीले जस्तै बाटो रोज्ने मनस्थिती बनाएको छु’ पुनले भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू