अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

इस्पानियोललाई हराउँदै बार्सिलोना ‘कोपा डेल रे’को सेमिफाइनलमा प्रवेश

बिआरटीनेपाल २०७४ माघ १२ गते ६:२१ मा प्रकाशित

गए राति स्पेनिस कपको सेमिफाइनलमा बार्सिलोनाले इस्पानियोललाई २-० ले हराएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे भने नव खेलाडि फिलिप कौटिन्होले बार्सिलोनाको जर्सीमा आफ्नो पहिलो खेल पनि खेले ।

बार्सिलोनाले खेलको सुरुवाततिरै दुई गोल गर्न सफल भएको थियो । खेलको नवौं मिनेटमा स्वारेजले टोलीलाई अग्रता दिलाएका थिए भने २५ औं मिनेटमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए जुन क्याम्प नुमा गरिएको ४ हजारौं गोल पनि थियो ।

त्यस्तै दोस्रो हाफमा २२ मिनेट बाकीं हुँदा लिभरपुलबाट यसै ट्रान्सफर विन्डोमा भित्रिएका कौटिन्हो आन्द्रेस इनिएस्टाको साटो मैदान प्रवेश गरेका थिए । उनले पहिलो खेलमै असिस्ट दर्ता गर्न सक्थे तर उनको पासमा स्वारेजको प्रहार इस्पानियोलका गोलकिपरले राम्रो बचाऊ गरे ।

पहिलो लेग इस्पानियोलले १-० ले जितेको थियो । १ गोल गरेको अवस्थामा इस्पानियोल अवे गोलको आधारमा सेमिफाइनलमा छनोट हुने थियो । तर बार्सिलोनाले आफ्नो डिफेन्सलाई बलियो राख्दै २-० को जितसँगै सेमिफाइनलमा स्थान पक्का गरेको हो । त्यस्तै खेल सुरु हुनुअघि जाभियर मासेरानोले समर्थकहरुसँग विदा पनि लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू