अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

कस्तो रह्यो ‘मिसेस व्यूटी क्वीन’को ५ दिने मलेसिया भ्रमण ?

बिआरटीनेपाल २०७४ माघ १२ गते ५:११ मा प्रकाशित

पहिलो चोटी विवाहित महिलाहरुको लागि आयोजना गरिएको ‘लेट मि इन मिसेस व्यूटी क्वीन’ नेपालमा सहभागी भइ विजेता भएका ५ जना विजेताहरु मलेसियाको ५ दिने भ्रमण सफल पारी नेपाल फर्किएका छन् ।

आयोजक सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिप राज वन्तको नेतृत्वमा ६ जना विजेताहरु सुदीक्षा आर्चाय भट्टराई, दिपीका राय, विष्णुमाया पौड्याल, कृष्टी बाँनिया क्षेत्री , ईश्वरी श्रेष्ठ तामाङ र अम्वीका थापा सहितको टोलीलाई आयोजक वन्तले मलेसियाको विभिन्न ठाउँहरु वटुकेभ, गिन्तीङ हाइल्याण्ड, माछा एकुरीयम, जुम्ल्याहा टावरको भ्रमण गराउनुका साथै सामुन्दीक छालमा पौडीको अनुभव गराउनु भएको थियो ।

साथै विजेताहरुले चिनियाँ नयाँ वर्षको अवसरमा आयोजीत स्थानीय कार्यक्रममा विभिन्न नृत्य प्रस्तुती दिनुभएको थियो । उक्त भ्रमण आयोजकले विजेताहरुलाई उपहार स्वरुप घोषणा गरे अनुसार भ्रमण सेवा उपलव्ध गराई मलेसियाको भ्रमण सम्पन गरि नेपाल फर्किसकेका छन् ।

प्रतिक्रिया