अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०७ | Colorodo: 09:22

लाईभ कन्सर्टका लागि गायक निमा रुम्बा अमेरिका आउँदै

खेम भट्टचन, वासिङ्टन डि सि २०७४ माघ १२ गते ४:५७ मा प्रकाशित

नेपाली पप गायनमा अत्याधिक सफल गायक निमा रुम्बा अमेरिका आउने भएका छन् । अमेरिकाको भर्जिनियामा हुन लागेको ‘खि ल्होसार’मा आफ्नो प्रस्तुती दिनका लागि गायक रुम्बा अमेरिका आउन लागेका हुन् ।

आयोजक संस्थाका अध्यक्ष उत्तर लामाले https://www.brtnepal.com/लाई दिएको जानकारी अनुसार तामागं सोसाईटी अफ ग्रेटर वाशिंटनको आयोजनामा आउँदो फेब्रअरी १७ तारिख शनिबारका दिन हुने सो कार्यक्रमा निमा रुम्बा संगै एन्जल ब्याण्डका राजु लामा, गायक हरिश माथेमा, राजेश खड्की,रजल लामा बिजय भट्टराई, मोक्ष मन्त्र लगायतको भब्य प्रस्तुती रहने छ ।

साँझ ६ बजेबाट ११ बजे सम्म हुने यो लाईभ कन्सर्टका लागि अमेरिकी डलर ३० र ३५ को प्रवेश शुल्क राखिएको छ टिकट र कार्यक्रमबारे थप जानकारीका लागि आयोजक संस्थाका उत्तर लामा, नेत्र घिसिङ, दावा तामाङ, नानीदेवी लामा लगायतलाई सम्पर्क गर्न सकिने छ ।

सम्बन्धित सामग्रीहरू