अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३७ | Colorodo: 16:52

‘चुनाव हारेको रिस पोख्न प्रधानमन्त्री देउवाले मलाई सिध्याउन खोजे’ – नवराज सिलवाल 

बिआरटीनेपाल २०७४ माघ १२ गते २:३२ मा प्रकाशित

पूर्व डीआइजी र ललितपुर १ बाट चुनाव जितेका नवराज सिलवाल दमपच छन्, भूमिगत छन् । उनलाई पक्राउ गर्न सरकारले इन्टरपोल गुहारीसक्दा पनि नवराज फेला परेका छैनन् ।तर उनले वक्तव्य निकालेरै भनेका छन्– चुनाव हारेको रिस ममाथि पोख्न मलाई सिध्याउन खोजे प्रधानमन्त्री शेरबहादुर देउवाले । म असुरक्षित छु ।

उनले आफूविरुद्ध राज्यले नै धावा बोलेकोले जीवन असुरक्षित रेहको दावी गरेका हुन् । हिजो बुधबार एक विज्ञप्ती जारी गर्दै सिलवालले सरकार र राज्य संयन्त्रहरु आफूविरुद्ध लागेकाले आफू असुरक्षित भएको बताएका हुन् ।सिलवालमाथि सरकारी कागजात किर्ते गरेको अभियोग छ । तर सिलवालले विज्ञप्तिमा आफूले किर्ते नगरेको दावी गरेका छन् ।

उनले सर्वोच्च अदालतमा पेश भएका फरकफरक कार्यसम्पादन मूल्यांकन फाइलहरुबारे छानविन हुनुपर्ने माग गरेका छन् ।साथै, उनले सरकार र प्रहरी लगायत राज्यका संयन्त्रहरुले सरकारी कागजातहरु फेरबदल गरेको आरोप लगाएका छन् ।सिलवालले हाल आफूलाई किर्तेको दोषी करार गर्ने प्रयास भइरहेको र आफू नडग्ने भनेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस निर्वाचनमा पराजित भएको प्रतिशोध आफ्नो करिअर समाप्त पारेर लिन लागेको भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू