अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

१५ कमाण्डर सहित पाकिस्तानका दुई सय लडाकूद्वारा आत्मसमर्पण

बिआरटीनेपाल २०७४ माघ ११ गते २३:३७ मा प्रकाशित

पाकिस्तानद्वारा प्रतिबन्धित संगठनका १५ जना कमाण्डरसहित दुई सय जना लडाकूले सरकार समक्ष आत्मसमर्पण गरेका छन् ।  दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा उनीहरूले बिहीबार हतियार बुझाएर आत्मसमर्पण गरेको स्थानीय सञ्चार माध्यमहरूले समाचार लेखेका छन् ।

सरकारी अधिकारीहरूले जारी गरेको वक्तव्यका अनुसार लडाकूहरूले राज्यको मुलधारमा आफूहरू समाहित भएको घोषणा गरेका छन् ।

तुर्बाटमा आयोजित विषेश समारोहमा उनीहरूले आत्मसमर्पणको घोषणा गरेको अधिकारीहरूले जनाएका छन् ।

समारोहमा बलुचिस्तानका मुख्यमन्त्री अब्दुल क्युडुस बिजेन्जो र दक्षिणी क्षेत्रका लेफ्टीनेन्ट जनरल असिम सालिम बाजवा पनि सहभागी हुनुभएको थियो ।

आत्मसमर्पण गरेकाहरूलाई पाकिस्तानी झण्डा फहराउँदै मुख्यमन्त्री बिजेन्जोले मञ्चमै बोलाएर नगद र ल्यापटपसमेत वितरण गर्नुभएको थियो ।

यसअघि गत डिसेम्बर ९ तारिखका दिन पनि प्रतिबन्धित संगठनका १७ जना कमाण्डरसहित तीन सयभन्दा बढी लडाकू सरकारी सुरक्षाकर्मी समक्ष आत्मसमर्पण गरेका थिए ।  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू