अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२३ | Colorodo: 15:38

मैले टिकट पाउँदा कोही रिसाउनु पर्ने, आक्षेप लगाउनु पर्ने कारण देख्दिनँ-कोमल ओली

बिआरटीनेपाल २०७४ माघ ११ गते ५:११ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गायिका कोमल वलीलाई राष्ट्रियसभाको टिकट दिएको विषयमा पार्टीभित्र कुनै असन्तुष्टि रहेको बताएका छन् । बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले कहिले नयाँलाई चान्स दिएन भन्ने, दिँदा किन दिइयो भन्नेहरु रहेको बताएका हुन् ।

यता आफुले राष्ट्रियसभाको टिकट पाएपछि देखिएको आलोचनालाई लिएर कोमल ओलीले भनेकी छन् ‘मैले टिकट पाउँदा कोही रिसाउनु पर्ने अथवा आक्षेप लगाउनुपर्ने कारण देख्दिनँ म । मैले टिकट पाउनै पर्छ भनेर भनेको पनि थिइनँ । ५ नम्बर प्रदेशबाट महिलाहरुमा मेरो नाम सबैभन्दा माथि सिफारिस भएको थियो । म यो पदको लागि अयोग्य छु जस्तो लाग्दैन । यदि म अनुपयुक्त भएको भए मलाई टिकट नदिएको भए पनि हुन्थ्यो । म आफूलाई यसको लागि योग्न नै ठान्छु । विरोध गर्नुपर्ने कारण म देख्दिनँ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू