अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१५ | Colorodo: 16:30

मनोज गजुरेलकी छोरी अमेरिका जाने तयारीमा -मिना ढकालसंगको कुराकानी

बिआरटीनेपाल २०७४ माघ ११ गते ४:१८ मा प्रकाशित

चर्चित हाँस्य कलाकार मनोज गजुरेल यतिबेला चर्चामा छन् । हुर्किसकेका छोरा छोरी भएका मनोज गजुरेल र मिना ढकालले केहि दिन अघि सम्बन्ध बिच्छेद गरेपछि सञ्चार माध्यममा मनोज गजुरेल संगै उनकी श्रीमती मिना ढकालका समाचार र अन्तरवार्ता पनि बाक्लो रुपमा आईरहेको छ ।

श्रीमानसंगको सम्बन्ध बिच्छेद पछि मिनाले आमा छोरी नामक बुटिक सञ्चालनमा ल्याएकी छन् । २ सन्तानका आमा बुबा मनोज र मिनाका छोराछोरी मध्य छोरा मनोजसंग र छोरी मिनासंग रहेका छन् भने मनोजले आफ्नो सम्पत्ती छोरा छोरी मिना र आफुलाई भाग गलाएका छन् ।

मनोज-मिनाकी छोरी मेमेरी गजुरेल अमेरिका जाने जानकारी मिनाले दिएकी छन् । छोरी मेमोरीलाई अभिनयमा रुचि भएकाले उनि यसै बिषयमा अध्ययनका लागि अमेरिका आज लागेको मिनाले जानकारी दिएकी छन् ।

प्रतिक्रिया