अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२५ | Colorodo: 17:40

गजल

रामकुमार श्रेष्ठ 'फुच्चे' - (सुर्यपाल,लमजुङ) हाल-मलेसीया २०७४ माघ १० गते २२:२४ मा प्रकाशित

प्रेम गर्नेहरु किन यताउता मन डुलाऊछन।
नत फक्राउछन नै नत फुलझै फुलाऊछन।।

बेला आउदा बिरालो पनि बाघ जस्तै लाग्ने,
को आफ्नो को बिरानो अनि संसार भुलाऊछन।

मुखले त जीवन भर सगै हुन्छु भन्छन र पो,
क्षण भर मै गिर्ने गरि शिखर चुलाऊछन।

रुप हेरि नजीक हुने पनि अचम्मका हुन्छन,
थाहा छैन बास्तवीकता खै कैले खुलाऊछन।

रातो गुलाब थमाएर भट्टि छिर्दैगर्दा भनियो,
जमाना फेरीयो प्यारा सबै यसैगरी झुलाऊछन।

 

प्रतिक्रिया