अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०९ | Colorodo: 16:24

चलचित्र ‘गरुड पुराण’ निर्माणको घोषणा

बिआरटीनेपाल २०७४ माघ १० गते २:२३ मा प्रकाशित

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ’गरुड पुराण’ घोषणा गरिएको छ । फिल्म ’अपवाद’ मार्फत यस क्षेत्रमा भित्रिएका सुशन प्रजापति र सुवास कोइरालाले फिल्मलाई संयुक्त रुपमा निर्देशन गर्दैछन ।

कमेडी जनरको यस फिल्ममा कर्मा , कामेश्वर चौरसिया , प्रविन खतिवडा , नाजिर हुसेन लगायतको कलाकार रहनेछन । यसै फिल्म मार्फत नायिकाको रुपमा प्रियंका सिंह ठकुरीले डेब्यु गर्ने्छिन् ।

फिल्ममा लुनिभा तुलाधर , प्रकाश घिमिरे , बसन्त भट्ट , नरेश पौडेल लगायतका कलाकारको पनि अभिनय रहनेछ । यसै साताबाट छायाँकनमा जाने फिल्मका प्रस्तुतकर्ता सुशन प्रजापति रहेका छन् । अजित फिल्म्स ब्यानरमा निर्माण हुने फिल्ममा अशोक गौतम फिल्म्स पनि एसोसिएट रहेको छ । फिल्मको छायाँकन काठमाण्डौ तथा आसपासका क्षेत्रमा हुनेछ ।

फिल्मलाई सुशनले नै खिच्नेछन् भने यसमा कसम नेपालको कथा तथा आकाश बराल , बिनोद खतिवडा , सुवास कोइरालाको पटकथा र आकाश बरालको संवाद रहेको छ । अजित प्राजपति निर्माता रहेको फिल्मका सह(निर्माता अशोक गौतम रहेका छन् । फिल्मको सम्पादन उज्वल ढकालले गर्नेछन । फिल्ममा विभिन्न पात्रको भोगाईलाई देखाइने निर्माण पक्षले जनाएको छ ।

सुवास कोइराला ( पछिल्लो केहि फिल्मको सफलता र केहि फिल्मको असफलताबाट सिकिएको नै छ । यसै सिकाइलाई यसमा परिपक्क हिसाबले प्रयोग गर्दैछौ । फिल्ममा कर्मा , प्रविन , कामेश्वर , नाजिर , प्रियंका जो विभिन्न परिवेशका छन् , यिनको भोगाईलाई कमेडी शैलीमा प्रस्तुत गर्दैछौ । कथा तपाई हाम्रो समाजकै हो । गरुड पुराण नाम मन पर्यो साथै फिल्मसंग पनि यो सम्बन्धित छ ।

सुशन प्रजापति ( छायाँकारको रुपमा परिचित भएपछी यसमा मैले निर्देशकको रुपमा पनि आफुलाई अगाडी ल्याउदैछु । सुवास र मैले सहकार्य गरेको धेरै लामो समय भइसकेको छ , हामीले फिल्म स्कुल पनि संगै पढेका हौ । यहि सहकार्यलाई निर्देशनमा पनि संगै ल्याउदैछौ । फिल्मले अझै हामीलाई सिकाउदैछ , हामी सिकाईकै क्रममा छौ र यसकै निरन्तरता हो , गरुड पुराण ।

कर्मा ( फिल्मको कथा र टीमले नै मलाइ आकर्षित गरेर फिल्म गर्न लागेको हु । कथा राम्रो छ र त्यसलाई पर्दामा देखाउन सक्ने क्षमता मेकरमा छ भने हामीलाई पनि उत्साह मिल्छ । यसको टिम र कास्टिङले मलाइ त्यो आश जगाएको छ । फिल्ममा मलाई एउटा संघर्ष्शिल पात्रको रुपमा देख्नु हुनेछ , जो आफ्नो उदेश्यको प्राप्तिमा लागेको हुन्छ । आश छ , मेरो क्यारेक्टर मार्फत र सम्पूर्ण फिल्म मार्फत नै दर्शकले मनोरंजन लिनु हुनेछ ।

प्रियंका सिंह ठकुरी ( मेरो क्यारेक्टर एक गाउले युवतीको छ , जो सहर आइपुग्छे र अन्य पात्रसंघ भेट हुन्छ । यो मेरो लागि नयाँ अनुभव हो । म मोडलिङमा आउँन लागेको थिए , फिल्ममा अफर आयो । अडिसन मार्फत सेलेक्ट भए । मेरो भूमिकालाई निर्वाह गर्न कुनै कसर बाकी राख्ने छैन ।

तस्वीर: संजय शाक्य

प्रतिक्रिया