अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४५ | Colorodo: 11:00

मोरङका जाडो र आगलागी पिडीतलाई राहत वितरण

बिआरटीनेपाल २०७४ माघ ९ गते ५:४८ मा प्रकाशित

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर ४ का जाडो पिडीत तथा आगलागी पिडीतलाई नगरपालिका कार्यालय र प्रहरीको सक्रियतामा राहत आज वितरण भएको छ ।

सम्झना चोकका आगलागी पिडीत कविहाङ लिम्बूको परिवारलाई पथरीशनिश्चरे नगरपालिका कार्यालयले राहत स्वरुप उपलब्ध गराएको नगद १० हजार रुपैयाँको चेक वडाध्यक्ष गोविन्दवहादुर भण्डारीको अगुवाईमा वितरण भएको छ ।

गत पुस १४ गते साँझ भएको आगलागीबाट लिम्बूको परालको छानो भएको काठे घर, ३० मन धान सहितका सरसामान जल्दा २ लाख रुपैयाँ वरावरको क्षति भएको थियो ।

उता, गोरधनदास कमलावती परोपकार प्रतिष्ठानको आर्थिक व्यवस्थापनमा जिल्ला प्रहरी कार्यालयको पहलमा सो वडाका लागि उपलब्ध १३ थान कम्वल अति विपन्न आगलागी पिडीत लिम्बू सहितका १३ परिवारलाई वितरण भएको छ ।

वडाध्यक्ष भण्डारीकै अगुवाईमा कम्बल समेत वितरण भएको हो । राहत पाउनेमा, विष्णुमाया जोगी, नरमाया राई, फूलमाया भुजेल, रुक्मिणी पासवान, कृष्णमाया भुसाल, वीरवहादुर तामाङ, उग्नी पासवान, महेन्द्र विश्वकर्मा, चन्द्रध्वज चाम्लिङ, डम्बरकुमारी राई, मनमाया विक र धनमाया राई हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू