अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 07:53

‘माग्नेबुढा’लाई १० लाखमा अनुबन्धित गरेको चलचित्रको नाम सार्वजनिक

बिआरटीनेपाल २०७४ माघ ९ गते ५:४१ मा प्रकाशित

केहिसाता यता हाँस्य कलाकार केदार घिमिरे (माग्नेबुढा) ले चर्को पारिश्रमिकमा एक चलचित्रमा काम गर्ने भन्ने खबर चलचित्रनगरीमा चर्चाको बिषय बनेको थियो । १० लाख पारिश्रमिक एउटै चलचित्रका लागी पाउँदा माग्नेबुढा फुरुङग पनि भएका थिए । यस्तै केहिदिन अघिमात्रै यसैचलचित्रका लागी हाँस्य कलाकार विल्सन बिक्रम राई, जितु नेपाल लगायतका कलाकारहरु पनि फाइनल गरिएको थियो  । अन्ततः उक्त चलचित्रको नाम पनि फाइनल गरिएको छ । अब चलचित्रको नाम ‘रामकहानी’ राख्ने निश्चित भएको हो ।

चलचित्रका निर्देशक सुदर्शन थापाका अनुसार यतिखेर चलचित्र टीम स्क्रिप्ट लेखनमा ब्यस्त छ । ‘राम कहानी’को छायाँकन माघको अन्त्यदेखि सुरु हुनेछ । पूजा शर्माले निर्माण गर्ने यो चलचित्र  कमेडी लभ स्टोरी जनराको तयार हुनेछ । चलचित्रमा नायिका पूजा शर्मा, केदार घिमिरे माग्ने बुढा, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झाको मुख्य भूमिका रहनेछ । चलचित्रको लागि नायक भने तय हुंन बाँकी छ ।

प्रतिक्रिया