अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४४ | Colorodo: 15:59

 तुलसी घिमिरेको ‘किस्ता बन्दीमा’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ माघ ९ गते २:२४ मा प्रकाशित
गायक तुलसी घिमिरेको रमाईलो गीत ‘किस्त बन्दीमा’ सार्वजनिक गरिएको छ । सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा गायक घिमिरेकै शब्द तथा संगीत रहेको छ । रुद्र श्रेष्ठको संगीत संयोजनमा तयार भएको गीतको अडियो पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतको भिडियो पनि बनेको छ । कमेडी शैलीमा बनाईएको म्युजिक भिडियोमा गायक तुलसीको साथमा समिक्षा कार्की र बिकास भट्टराईको अभिनय रहेको छ ।
शिर कुमार सम्पाङ्गको छायांकन तथा सम्पादनमा बनेको भिडियोलाई गायक घिमिरेले नै निर्देशन गरेका हुन् । रमाइलो गीतको सुन्दर म्युजिक भिडियोलाई ईटहरीका रमणीय स्थानहरुमा छायांकन गरिएको हो ।

प्रतिक्रिया