अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

टोकियोमा हुने ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखा’को अधिबेशन तयारी तिव्र

बिआरटीनेपाल २०७४ माघ ८ गते ०:४० मा प्रकाशित

जनवरी २८ तारिक आईतबारको दिन टोकियोमा सम्पन्न हुने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल अन्तर्गत जापान शाखाको प्रथम अधिबेशनको तयारी तिव्र रुपमा भएको र साधारण सदस्यता लिनका लागि शाखाले सबैमा अनुरोध गरेको छ ।

नेपाली लोक संस्कृतिको क्षेत्रमा क्रियाशिल बिभिन्न बिधाका कलाकर्मीहरूको साझा संगठनको रुपमा रहेको प्रतिष्ठानको जापान शाखाको अधिवेशनका लागि बिभिन्न प्रान्तमा बसोबास गर्ने नेपाली लोक कलाकर्मी र कलाप्रेमीहरुको सहभागितामा तिव्र रूपमा तयारी भईरहेको र अधिबेशन सफलताको लागी जापानबासी नेपाली ब्यबासायी, समाजसेवी, पत्रकार, बिभिन्न संघ संस्था लगाएतका क्षेत्रबाट सहयोग भइरहेको संयोजक युवराज आचार्यले बताउनुभयो ।

अधिबेशन लागि केन्द्रीय प्रतिनिधिका रूपमा प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष रमेश बिजीको उपस्थिति रहने बताइएको छ ।

अधिवेशनका लागि आवश्यक तयारीको कार्य भैरहेको र सदस्यता लिन चाहने जापानबासी नेपाली कलाकर्मी र कलाप्रेमीहरूलाई आगमी जनवरी २५ सम्मको लागि सदस्यता खुला गरिएको निर्बाचन समितिका संयोजक एवम् गायक तथा संगीतकार रामकृष्ण बम मल्लले जानकारी गराउनुभयो । साथै जापान बासी नेपालीहरूमा उपस्थित भई अधिबेशनलाई सफल बनाईदिनु हुनको लागि अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू