अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२२ | Colorodo: 22:37

 सुमित्रा तामाङ र जियम गणेश विसीको गीत ‘बालै दिन्न’को भिडियो सार्बजनिक 

बिआरटीनेपाल २०७४ माघ ८ गते ०:२६ मा प्रकाशित
नेपाली गित संगितको बजारमा युवा युवतिको अधिक रोजाइमा पर्ने गरेको डान्सिङ गीत आउने क्रम जारी रहेको छ यसै क्रममा गायिका सुमित्रा तामाङ र गायक जियम गणेश विसीको आवाजमा “बालै दिनन् ” बोलको अर्काे रमाईलो गितको भिडियो सार्बजनिक भएको छ ।
गायक जियम गणेश विसीको लय तथा संगित तथा प्रकाश थापाको शब्द सिर्जनामा युवाहरुको रोजाइनको सर्वाेकृष्ट गीत  बजारमा ल्याएका छन । युवा युवतिका रमाइलो कुराकानीलाई गितमा देखाउने कोसिस गरिएको छ । अहिलेका निकै ख्यातिप्राप्त नेपाली मोडेल काजिश श्रेष्ठ र करिष्मा ढकालको अभिनय रहेको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन्। ।
अजय रेग्मीले खिचेको भिडियोलाई रमित ओलीले सम्पादन गरेका छन् ।गायक जीएम गणेश विसीको प्रस्तुति रहेको यो भिडियोलाई राधिका म्युजिक प्रा.लि.मार्फत सार्बजनिक तथा बजार व्यबस्थापन गरिएको छ।

प्रतिक्रिया