अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०२ | Colorodo: 10:17

‘पद्मावत’ रिलीज भए सुप्रीम कोर्टमा आगो लगाउने चेतावनी

बिआरटीनेपाल २०७४ माघ ८ गते ०:३२ मा प्रकाशित

बलिउड एक्ट्रेस दिपिका पादुकोण स्टारर फिल्म ‘पद्मावत’ को विवादले अझै टुंगो लिन सकेको छैन्। फिल्म प्रदर्शन मिति नजिकिँदै जाँदा विरोध पनि बढ्दै गएको छ ।

यसैविच ‘पद्मावत’ का कारण क्षत्रीय समाजमा आक्रोश थपिएको छ । अखिल भारतीय क्षत्रीय महासभा युवाका प्रदेश अध्यक्ष भुवनेश्वर सिँहले फिल्म रिलीज भए सुप्रीम कोर्टमा आगो लगाउने र संसददेखि सडकसम्म उत्पात मचाउने चेतावनी दिएका छन् ।
अखिल भारतीय क्षेत्रीय महासभाले बरेलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष सिँहले कुनै पनि अवस्थामा फिल्म प्रदर्शन हुन नदिने अडान दोहो¥याए । उनले फिल्मको रिलीज रोक्न अखिल भारतीय क्षत्रीय महासभाले दिल्लीमा गृहमन्त्री राजनाथ सिँहको घर घेराउ गर्नेसमेत घोषणा गरे ।

अध्यक्ष सिँहले सवै क्षत्रीय सांसद र विधायकहरुसँग फिल्मको विरोधमा राजीनामा दिन र केन्द्र सरकारमाथि फिल्मको प्रसारणका विषयमा अध्यादेश ल्याउनका लागि दवाव सिर्जना गर्न माग गरिने पनि स्पष्ट पारे । अन्यथा आगामी चुनावमा क्षत्रीय महासभाले यस्ता नेताहरुको विरोध गर्ने र उनको विपक्षमा अर्को उमेदवारलाई खडा गर्ने उनको भनाई छ ।

यसअघि पनि प्रदर्शन गर्दै आएको अखिल भारतीय क्षत्रीय महासभाले फिल्मकी अभिनेत्री दीपिका पादुकोणलाई अग्निकुण्डमा फ्याक्ने व्यक्तिलाई एक करोड रुपैयाँ पुरष्कार दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया