अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०० | Colorodo: 16:15

शितलहरले प्रभावितलाई ‘आइएमई’ फाउन्डेशनद्वारा ब्ल्याङ्केट वितरण

बिआरटीनेपाल २०७४ माघ ७ गते ५:२१ मा प्रकाशित

विगत केहिदिनदेखि तराईंका विभिन्न स्थानमा चलेको शितलहरले प्रभावितहरुका लागि आइएमई फाउन्डेशनले ब्ल्याङ्केट वितरण गरेको छ ।

प्रभावित घरपरिवारका सदस्यहरुलाई तत्काल राहत होस् भन्ने उद्देश्यका साथ आइएमई फाउन्डेसनबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यवसायीक साझेदारहरुले सिरहास्थित गोलबजार नगरपालिका–०३, जम्दह र कल्याणपुर नगरपालिका–०७, भेडियाका साथै सप्तरीस्थित राजविराज नगरपालिका–०९, मलेठ र खड्क नगरपालिका–०३, बानरझुलामा रहेका आर्थिक रुपमा विपन्न एक सय घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरिएको हो ।

आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शितलहरले प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको थियो ।

आपतकालीन मानवीय सेवामा काठमाडौंस्थित पानीपोखरीमा रहेको फाउन्डेसन केन्द्रीय कार्यालयबाट खटिएका प्रतिनिधिहरुलाई राहत वितरणमा पूर्ण सहयोग गर्ने स्थानीय व्यवसायीक साझेदार, प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधि, ग्लोबल आइएमई बैंक शाखा कार्यालय राजविराज एवम् शुभेच्चुक शुभचिन्तक सबैलाई यस फाउन्डेसन हार्दिक आभार प्रकट गर्दै शितलहरबाट सामान्य जनजीवनको कामना गर्दछ ।

आइएमई फाउन्डेशन मिति २०६६ सालमा दर्ता भएको संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलाप यही फाउन्डेशनमार्फत् गर्दै आएको छ ।

पुनश्च ः– उपलब्ध छ  http://imegroup.com.np/?page_id=47

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू