अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५६ | Colorodo: 09:11

पिडा पोख्दै ‘माग्ने बुढा’ले भने – ‘मलाइ सरकारले लखेटी-लखेटी कलाकार बनायो’

बिआरटीनेपाल २०७४ माघ ७ गते २:२९ मा प्रकाशित

यतिखेर नेपाली कलक्षेत्रमा हाँस्य कलाकार केदार घिमिरे अर्थात माग्नेबुढाको चर्चा दिनप्रतिदिन बढीरहेको छ । केहिदिन अघिमात्रै एक चलचित्रमा महंगो पारिश्रमिक लिएर सबैको ध्यान खिचेका केदारले अहिले आफु काठमाडौं बस्ने कि हेटौडा फर्किने भन्नेमा दोधार भएको बताउँछन् । करिअर बनाउन भन्दै २५ वर्ष अघि हेटौंडाबाट काठमाडौ आएका घिमिरे काठमाडौ बस्ने कि हेटौंडा जाने दोधारमा छन् । ‘अहिले दोधारमा छु, काठमाडौ बसौं कि हेटौडा जाउँ ।’ उनले भने ।

हिजो मैले फुटपाथमा पसल राखें सरकारले लखेट्यो , टेम्पो किनेर जिबिका चलाउन खोजें सरकारले टेम्पो नै हटाईदियो ,सटरमा पसल खोलें त्यो पनि बाटो बढाउने नाउँमा सखाप पार्यो । मलाइ सरकारले लखेटी लखेटी कलाकार बनायो  । मकवानपुरमा भन्दा राजधानीमा राम्रो भबिष्य होला भनेर काठमाडौं उपत्यकामा बस्न थालेको २५ बर्ष भयो, आज आएर ३ नम्बर प्रदेशको राजधानी हेटौडा पो भन्छ त ! अब म काठमाडौं बसौं कि हेटौडा जाउँ ?’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

 

प्रतिक्रिया