अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

‘इन्टु मिन्टु लन्डनमा’को फस्टलुक सार्वजनिक

बिआरटीनेपाल २०७४ माघ ७ गते १:४४ मा प्रकाशित

पछिल्लो समय निकै चर्चा कमाएकी नायिका  साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को फस्टलुक सार्वजनिक भएको छ। यतिवेला युकेमा छायांकन भइरहेको यस चलचित्रको छायांकन स्थलबाटै पोस्टर सार्वजनिक गरिएको छ ।

कोरियोग्राफर रेनषा बान्तवा राईको डेव्यु निर्देशनमा बनेको यस चलचित्रको पोस्टरमा चलचित्रका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर रोमान्टिक मुडमा देखिएका छन् । प्रज्ज्वल समशेर जबरा र रेनषाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजका अलावा सरुक ताम्राकारको पनि मुख्य भूमिका रहेको छ ।

आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । फिल्मका सह(निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।चलचित्रको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको यस चलचित्रमा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

प्रतिक्रिया